News Portal

कविता “कुसुमपथ” – ॠतु सिंह

हिमालीसंचार संवाददाता
१८६९ पटक

ॠतु सिंह
– भरतपुर, चितवन

मेरो रहरको सपनामा तिमी शहर बनी छायौ रे
मेरो विषको प्यालामा तिमी पीयूष बनी आयौ रे

म हिड्ने काँडाको बाटोमा तिमी कुसुमपथ बनी छायौ रे
म मृत्युलाई कुरिरहदा तिमी सञ्जिविनी बनी आयौ रे

म एकान्तमा टहलाइरहदा तिमी कोइली बनी गायौ रे
म सारङी रेटिरहदा तिमी सरगम बनी छायौ रे

कयौ रात छटपटिेएको सिरानीमा तिमी निन्द्रा बनी छायौ रे
सपनीमा सधैं पिचासले तर्साइरहदा तिमी परी बनी आयौ रे

मैले श्वास लिने परिधिभित्रमा तिमी अक्सिजन बनी छायौ रे
उनीले दिएको चोटको घाउमा तिमी मलम बनी आयौ रे।

(लेखिका सिंह प्राध्यापक हुनुहुन्छ।)

यो पनि पढ्नुहोस्।

छटपटिएर बित्यो रात

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...