

✍ॠतु सिंह
– भरतपुर, चितवन
मेरो रहरको सपनामा तिमी शहर बनी छायौ रे
मेरो विषको प्यालामा तिमी पीयूष बनी आयौ रे
म हिड्ने काँडाको बाटोमा तिमी कुसुमपथ बनी छायौ रे
म मृत्युलाई कुरिरहदा तिमी सञ्जिविनी बनी आयौ रे
म एकान्तमा टहलाइरहदा तिमी कोइली बनी गायौ रे
म सारङी रेटिरहदा तिमी सरगम बनी छायौ रे
कयौ रात छटपटिेएको सिरानीमा तिमी निन्द्रा बनी छायौ रे
सपनीमा सधैं पिचासले तर्साइरहदा तिमी परी बनी आयौ रे
मैले श्वास लिने परिधिभित्रमा तिमी अक्सिजन बनी छायौ रे
उनीले दिएको चोटको घाउमा तिमी मलम बनी आयौ रे।
(लेखिका सिंह प्राध्यापक हुनुहुन्छ।)
यो पनि पढ्नुहोस्।
