News Portal

छटपटिएर बित्यो रात

ऋतु सिंह
१४८२ पटक

~भरतपुर – चितवन, नेपाल।

साँझपखको समय मान्छेको आकृति ठम्याउन गाह्रो नै हुन्थ्यो। सुनिरहेको बोली भए मात्र सजिलै यो हो भनेर थाहा हुन्थ्यो। नचिनिने आकृतिमा मधुर आवाज स्पस्ट थियो। दिदी, ओ दिदी नमस्कार ! हम आ गई। तल आँगनबाँट आवाज आयो।

नमस्कार ! नमस्कार !! कब आइ ? कैसे आयी ? मैले चिनी हाले। फेरि आकृतिसँगै आवाज बिलिन भयो। नजिकै बसिरहेकी आमा (थापा मगर थरकी)लाईं हेर त आमा, भैयानी बहन होइन र अहिले बोल्ने ? कता गईं फेरि ? मैले बहन (बहिनी) भन्थे।

अलप हुनाको कारण बाहिरी भर्याङ् पछाडि थियो। घुमेर माथि कौसीमा आउनलाई दुई मिनेट लाग्थ्यो। पछाडीबाट आउन लाग्दा नदेखिएकी रहिछ। नजिकै बहन आइपुगी। धेरै महिनादेखि देख्न पाएकोमा म पनि खुसी भए। मैले भने, “बहन एकबार भी फोन नही कि, अचानक कैसे आ पहुॅंची ? क्यु, क़िस के साथ आ गई आज ?

ऊ पनि हाॅंस्दै बोल्न थाली, ना दिदी ना ! आपकी नम्बर खो गइ। ओ वाला छोटासा मोबाइल नहि है। यी दुसरा मोबाइल है। बहुत याद आती थि दिदी। नम्बर नही थि तो कैसे फोन करी ? बोली, “दिदी आप भि तो फोन कर सकतीं थीं। क्यु फोन ना करी ?” “करि थी, तेरा मोबाइल अफ था।” उत्तर दिए।

मुखिया थरकी यी बहिनी तराई मुलक़ी वीरगन्ज निवासी हुन। ३ छोरीकी आमा तर ३५ वर्षमा श्रीमान् गुमाएकी एक़ल महिला। जेठी छोरीको बिवाह गरिदिएर नाति भैसकेको थियो। पोहोर साल माइली छोरीको विवाहमा खुब कर गरि मलाई। दिदी आ जाओन। दुसरी बिटिया के सादी हो रहा हैं। आप आइ तो गाव के लोग बहुत खुस हो जाई। आप के बारे में सबको मालुम है।

विवाह भनेपछि मैले सोधेकी थिए। “बिटियाकी उम्र कितनी है ? “दामाद क्या करता है ? “ उत्तर थियो, “८ औ क्लास में पढती है १६ वरस की हो गई। मैले भनेकी थिए, इतनी जल्दी ? ना दिदी ना ! ए वाला दामाद गाव के स्कूल में पढाता है। दहेजभि बढ़ि नहि मानगा। बड़ेवाला जुवाई ट्याकटरका ड्राइभर हैं। सोचे जुवाई त मास्टर राम्रै पाईछ।

तिलक कितनी मागा घरवालो ने बहन ? २० हज़ार नेपाली रुपैया मागा है। बिटिया के लिए गहना कपड़ा और घर के सदस्य के लिए कपडा। बारातको ८० किलो मासू, मछली, पलाऊँ और मिठाई पक्का हो गई।

सोचे एक एकल नारीले कती संघर्ष गरेर पैसा बचाएक़ी रहिछ। म विवाहमा जान सकिन। ऊ जाने बेला उसको छोरीलाई विवाहमा लगाउने बनारसी सारी, जुवाईलाई एकज़ोर सूट, दक्षिणास्वरूप पैसा दिएर पठाए। दिदी ए सारी बहुत सुंदर है बिटियाको सादी मै पहनाउङगी। मुख़मा खुसीक़ा लहर देख़िन्थे।

छोरीक़ो विवाह पछि ऊ झन एक्ली भई। मैले यतै बस्ने ग़री आइज। मेरो घरमा बस। दुख़ हुदैन, ज्याला पनि पाउछौ। सबै चाजोबाज़ो मिलाएर आएकी थिई केही वर्ष अगाडी। क़ेही समय मेरी छोरीसित काठमाडौ पनि बसी। मेरी छोरीलाईं आफ़नो छोरी जस्तों गरेर माया गर्थी। म ढुक्क थिए।

पोहोर सालको माघमा कान्छी छोरी बिरामी भई भनेर बीरगंज गएकी थीं। त्यस लगतै चैतमा लकडाउन भयो। ऊ उतै बसी। फोन दिनमा एकपटक त गर्थी। अनि मिसकल त गरेर हैरान पनि। तराईमा कोरोंना त्रास, आइज भनेर भन्न सकिन। यति मात्र भनेकी थिए छठपछि चितवन आउनु, धान भित्र्याउने समय पनि यही हो। त्यसपछि न उस्को फोन आयो न मिसकल।

हिजो एक्कासी न फोन, न ख़बर सरसरतीं आई। पहिले त खुसी भए। त्यसपछि झसग़ भए। कारण थियो कोरोना। रीसको झोक़मा बोलि हाले। “मुँहपर माक़्स भि नहीं, क्यु नहीं है ? “ बिना माक़्स पहनकर उहाँ से आ ग़ई। ओ भि एसा वक्त। तू उधर बैठ, सामने मत आ। झटपट माक़्स मिकालेर देखाइ। काहे नहीं है दिदी माक़्स ? यी देख़ो भनेर झिकेर लगाई। हेर्दा ७ दिनसम्म एउटै मास्क लगाएको जस्तों देख़िन्थ्यो। मैले पनि हतपत मास्क लगाए।

फेरि सोधे’ “अक़ेले आइ या, साथमें और भि था ?” हंम सात लोग़ आएँ है। उधर दूसरे घर पर है। मै यहाँ अकेले आ गईं। मैले लामो श्वास फेरेर भने, “ देखो बहन बुरा मत मान। तू भि ऊहि छ लोगो क़े साथ बैठ। दो तिन दिन में मै भि क़ाठमाड़ौ चलि जाति हूँ। अभि भूखि है खाना खा के जा। मै क़ाठमाड़ौ से वापस आती हूँ तब आजाँना। किनकी ती सात जना धान काटने समय छोपेर क़ामको मौका छोपेर आएका थिए।

मैले फेरि भने, “बाहर जा के नल के धारों से पानी ख़िच और नुहाले।” चिया खाई त तब, मात्र भनेर फोन थिच्न थाली। सोचे साथींलाई आफ़ू आइपुगेको खबर ग़री। फतफ़ताउदै थिए म। कोरोनाक़ो बेला नआए पनि हुंथ्यो। आजसम्म जोगिएर बसिएको छ। यस्तैले सार्ने भए कोरोना भंन्दै म भान्सा पसे। दश मिनेटपछि बोलाउछु बोल्दिन। फेरि ऊ बसेक़ो ठाॅंऊ गए छैन। झोला राखेको ठाॅंऊ हेरे त्यों पनि छैन। सोचे नसोधेर गईं। पक्कै म फतफताएको बुझीं। नेपाली बोल्न पो नआउने हो।

रातभरी छटपटीए। कता गईं होलीं। राति नुहाउने पीरले गई या, दिदीले अलग्गै बस भन्ने पीरले गई। पहिले ग़रेको गुन सम्झे। पहिला यसरी नै धान समयमा क़ाम खोज्दै आएकी थिई। मसँग बसी। उसले तराईबाट धान क़ाटन आउने कामदारलाईं खाना बनाएर ख़ुवाउथी। म आफनो पेशा पढाउन जान्थे। म फर्किदा सफ़ा घर बनाएर मलाईं कुरेर बसेकी हुन्थी। शरीर दुःखदा तेलको मालिस गरेदेखी काठमाड़ौ छोरीको अभिभावक बनेर बसेको गुन मात्र सम्झे। शायद यों क़ोरोना त्रास नभएको भए आज़ यसरी छटपटिनु पर्थेन होला। आशा छ, फेरी फर्किएर आउॅंछे ऊ।

(साहित्यमा औधी रुची राख्ने लेखक सिंह प्राध्यापक हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...