News Portal

चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालकाे माग

हिमालीसंचार संवाददाता
५५० पटक

काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि  कारबाही गर्न माग गरेका छन्। पार्टीको शपथग्रहण कार्यक्रमममा बिहीबार चौरसियामाथि आक्रमण भएको थियो। गम्भीर घाइते उनको उपचारको क्रममा शुक्रबार निधन भएको हो।

विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप भएको थियो। एक पक्षले विन्दवासनी गाउँपालिका–५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथग्रहण आयोजना गरेको थियो भने, अर्को गुटका कार्यकर्ताले कार्यक्रममा सहभागी हुन नपाउँदा असन्तुष्टि जनाउँदै विरोध गरेपछि झडप भएको थियो।

कार्यक्रमस्थलमा विवाद भएपछि दुवै पक्षबाट लाठी हानाहान हुँदा ८ जना घाइते भएका थिए। नेपालले सामाजिक सञ्जालमा चौरसियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी कार्यक्रममा आफ्नै कामरेडको हत्या गर्ने/गराउने व्यक्ति वा समूह जुनसुकै आवरणमा बसेको भए पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

चौरसिया सो गाउँपालिकाका पार्टी सचिव पनि हुन्। नेकपा पर्साका नेताहरूबीच आन्तरिक विवादका केही सातायता अलगअलग शपथग्रहण कार्यक्रम हुँदै आएको छ। नेकपा पर्साका नेताहरूका आन्तरिक गुटबन्दीले ठूलो विवाद भएपछि घटना घटेको नेताहरूले बताएका छन्।

https://www.facebook.com/316048655248263/posts/1564978477021935/

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...