News Portal

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल !

हिमालीसंचार संवाददाता
४१५ पटक

वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ। कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल गरेको हो।

ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन। ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो। दलको विधानको दफा २४ को उपदफा एक बमोजिम उक्त निर्णय भएको प्रमुख सचेतक सीता नेपालीले बताइन्।

दुई मन्त्री अनुपस्थित बैठकमा सरकारका दुई मन्त्री र उपसभामुख अनुपस्थित रहेका छन्। सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्ती मगर अनुपस्थित रहेका हुन्।

योसँगै नेता यामलाल कंडेल पक्षले अविश्वासको प्रस्ताव पेश गरेपनि अब त्यो ढोका भने बन्द भएको छ। श्रोतका अनुसार दशैंलगत्तै मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ। ज्वाला पक्षका ३ जना मन्त्री बन्ने भएका छन्।

मुख्यमन्त्री शाहीले दशैंको रमझाम भएका कारण मन्त्री नियुक्त गर्न ढिलाई हुने बताउँदै ज्वाला पक्षसँग दशैं लगत्तै मन्त्री परिषद पुर्नगठन गर्ने लिखित सम्झौता गरेको श्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...