News Portal

मकाउबाट आज ६३ जना नेपाली हङकङ हुदै नेपाल उड्यो

हिमालीसंचार संवाददाता
८४० पटक

मकाउ – कोभिड- १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगन भई सृजना भएको विषम परिस्थितिमा मकाउबाट हङकङ अन्तराष्ट्रिय विमानस्थल हुदै नेपाल फर्केका छन्।  नेपाल सरकारले निर्धारण गरेको नियमित उडान मार्फत मकाउबाट ५ जना महिला सहित ६३ जना नेपाली नेपाल फर्केका हुन्।

महावाणिज्यदूतावास हङकङले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको सूचनाको आधारमा ६६ जनाको कागजपत्र तयार गरेता पनि विभिन्न समस्याका कारण ३ जना नेपाल जान रोकिएका छन् ।  बाकी ६३ जना आज हङकङ हुदै नेपाल प्रस्थान गरेको गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिएका छन् । 

संधका अध्यक्ष गुरुङका अनुसार मकाउबाट नेपाल फर्कनेहरुले कमाउका स्थानीय समय विहान ७:३० बजे हङकङ-जुहाइ-मकाउ बस टर्मिनलमा तोकिएको समयमा उपस्थित भइदिन महावाणिज्यदूतावास हङकङले दुईदिन अधि सूचना जारी गरेर अनुरोध समेत गरेको थियो।  

यस विषम परिस्थितिमा नेपाल-हङकङ-मकाउ सरकारको सहयोग र समन्वयमा यी सबै काम सम्पन्न भएको हो । नेपाली महावाणिज्यदूतावास हङकङले आवश्यक सम्पूर्ण तयारी (ट्रान्जिट भिसा, १४ दिने अनिवार्य क्वारिण्टिन छुट लगायतका अन्य कार्य) सम्पूर्ण प्रक्रिया पुरा गरी आफ्नो नागरिकका लागि स्वदेश जान महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मकाउबाट नेपाल फर्कने नेपालीहरु आफ्नो स्वास्थ्यका कारणले राजीनामा दिएका, भिजा नवीकरण नभएका र विभिन्न समस्याका कारणले आज हङकङ हुदै नेपाल फर्केका हुन् । नेपाली महावाणिज्यदूतावास हङकङले नेपाल फर्दै गरेका नेपालीहरुमा सधाझै सभ्य तथा मर्यादित व्यवहार प्रदर्शन गरिदिनुहुन महावाणिज्यदूतावास हङकङले सम्बन्धित सबैमा अनुरोध समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...