News Portal

कमानसिंह र कासन

हिमालीसंचार संवाददाता
४९९ पटक

माटोको आलो रगतलाई
हर्पेमा जमाएर
यो हिउँको ओछ्यानमाथि
किन निर्वस्त्र सुतिरहेछौ, कमानसिंह ?
हेर त,
ती काला गिध्दहरू
तिम्रै सपनामाथि धावा बोलिरहेछन् !

अब त,
सङ्ग्रामको घोषणा हुन सक्छ !
स्वाभिमानका बुलबुल तालहरू
दुर्घटित विमानझैँ
अब क्षणभरमै क्षतिग्रस्त हुन सक्छन् !
मनका गुराँसे पाखाहरूमा
खरानीको निश्लोट धूलो उड्न सक्छ
यसैले जाग कमानसिंह
रगतको रङ भरेर
यो धर्तीको आफ्नै इतिहास लेख्नु छ !

निकोटिनको डबकामा
पृथ्वी चोबलेर
आस्थाका अवचेतन चन्द्रागिरिहरू
विषाक्त ग्यासका थोपा बनी
जिन्दगीमाथि तप्प-तप्प ! तप्किन सक्छन् !
काखमा तेजाब लिपेर
ब्ल्याकहोलको लामो सुरुङभित्र
वर्षौँदेखि झोक्राइरहेको
यो घाम डुब्न सक्छ – सदासदाको लागि !

अब त,
विद्रोहको घोषणा हुन सक्छ !
विश्वासका उर्वर सीमखेतहरूमा
अचानक भुइँचालु उम्रिएर
युद्धका बिस्कुनहरू लाग्न सक्छन्
यसैले जाग कमानसिंह
गहका आँसु पुछेर
कलिलो राष्ट्रको सीमाङ्कन गर्नु छ !

निधारमा सम्भोग जोतेर
तिम्रा बधुँवा विवेकहरू
पराल चपाइरहेछन् – अँध्यारो गोठभित्र !
गोमनलाई प्रेमपत्रझैँ छाती टाँसेर
समयको खोरभित्र
कठपुतली उग्राइरहेका मूल्यबोधहरू
अब केही बेरमै,
स्खलित हुन सक्छन् – जिन्दगीबाट !

अब त,
युद्धको घोषणा हुन सक्छ !
मृत्युको धुन बजाएर
यो धर्तीको अन्तिम आँटीबाट
भरोसाको पहाड ढलेपछि
टुट्न सक्छन – जीवनका लयहरू !
यसैले जाग कमानसिंह
उदिप्त जूनहरू टिपेर
आफ्नै वनेली भीरपाखाहरू फुल्नु छ !

– प्रथा
काठमाडौँ, नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...