News Portal

कमानसिंह र कासन

हिमालीसंचार संवाददाता
४७६ पटक

माटोको आलो रगतलाई
हर्पेमा जमाएर
यो हिउँको ओछ्यानमाथि
किन निर्वस्त्र सुतिरहेछौ, कमानसिंह ?
हेर त,
ती काला गिध्दहरू
तिम्रै सपनामाथि धावा बोलिरहेछन् !

अब त,
सङ्ग्रामको घोषणा हुन सक्छ !
स्वाभिमानका बुलबुल तालहरू
दुर्घटित विमानझैँ
अब क्षणभरमै क्षतिग्रस्त हुन सक्छन् !
मनका गुराँसे पाखाहरूमा
खरानीको निश्लोट धूलो उड्न सक्छ
यसैले जाग कमानसिंह
रगतको रङ भरेर
यो धर्तीको आफ्नै इतिहास लेख्नु छ !

निकोटिनको डबकामा
पृथ्वी चोबलेर
आस्थाका अवचेतन चन्द्रागिरिहरू
विषाक्त ग्यासका थोपा बनी
जिन्दगीमाथि तप्प-तप्प ! तप्किन सक्छन् !
काखमा तेजाब लिपेर
ब्ल्याकहोलको लामो सुरुङभित्र
वर्षौँदेखि झोक्राइरहेको
यो घाम डुब्न सक्छ – सदासदाको लागि !

अब त,
विद्रोहको घोषणा हुन सक्छ !
विश्वासका उर्वर सीमखेतहरूमा
अचानक भुइँचालु उम्रिएर
युद्धका बिस्कुनहरू लाग्न सक्छन्
यसैले जाग कमानसिंह
गहका आँसु पुछेर
कलिलो राष्ट्रको सीमाङ्कन गर्नु छ !

निधारमा सम्भोग जोतेर
तिम्रा बधुँवा विवेकहरू
पराल चपाइरहेछन् – अँध्यारो गोठभित्र !
गोमनलाई प्रेमपत्रझैँ छाती टाँसेर
समयको खोरभित्र
कठपुतली उग्राइरहेका मूल्यबोधहरू
अब केही बेरमै,
स्खलित हुन सक्छन् – जिन्दगीबाट !

अब त,
युद्धको घोषणा हुन सक्छ !
मृत्युको धुन बजाएर
यो धर्तीको अन्तिम आँटीबाट
भरोसाको पहाड ढलेपछि
टुट्न सक्छन – जीवनका लयहरू !
यसैले जाग कमानसिंह
उदिप्त जूनहरू टिपेर
आफ्नै वनेली भीरपाखाहरू फुल्नु छ !

– प्रथा
काठमाडौँ, नेपाल।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...