News Portal

सत्तापक्षकै सांसदद्वारा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हिमालीसंचार संवाददाता
४७५ पटक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन। सत्तापक्षकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन।

शाहीलाई संकसदीय दलको नेताबाट हटाउन माग गर्दै सांसदहरुले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन। सांसदहरुले संसदिय दलका नेता तथा मुख्यमन्त्रीकै रोहवरमा अविश्वासको प्रस्ताव दर्ता गराएको जनाएका छन।

प्रस्ताव दर्ता पछि पत्रकार सम्मेलन गर्दै सांसद यामलाल कँडेलले गरेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेर नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए। ऊनले सरकार संघियताको भावना विपरित हिड्न खोजेको, जनताका अपेक्षा पुरा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको बताए।

नेकपा सं‌सदीय दल र सरकारमा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको उहाँको आरोप छ। नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका कँडेलको भनार्इ छ।

सरकार गठन भएको तिन बर्षसम्म पनि अपेक्षित विकास गर्न नसकेको भन्दै मुख्यमन्त्री शाहीले बाटो तत्काल बाटो खुल्ला गर्न सांसदले आग्रह गरेका छन्।

यसैबीच कर्णालीमा नेकपाका ३३ जना सांसद छन। एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन। प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ।

प्रदेश सभामा ४० जना सांसद मध्य नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन। कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन भने माओवादीका १३ जना सांसद छन्। अविश्वासको प्रस्तावमा साविक माओवादीका तिन जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन्।

नेपाल सङ्घीय प्रणालीमा गएदेखि कुनै पनि प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अगाडि सारिएको यो पहिलो घटना हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...