News Portal

सत्तापक्षकै सांसदद्वारा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हिमालीसंचार संवाददाता
५११ पटक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन। सत्तापक्षकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन।

शाहीलाई संकसदीय दलको नेताबाट हटाउन माग गर्दै सांसदहरुले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन। सांसदहरुले संसदिय दलका नेता तथा मुख्यमन्त्रीकै रोहवरमा अविश्वासको प्रस्ताव दर्ता गराएको जनाएका छन।

प्रस्ताव दर्ता पछि पत्रकार सम्मेलन गर्दै सांसद यामलाल कँडेलले गरेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेर नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए। ऊनले सरकार संघियताको भावना विपरित हिड्न खोजेको, जनताका अपेक्षा पुरा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको बताए।

नेकपा सं‌सदीय दल र सरकारमा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको उहाँको आरोप छ। नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका कँडेलको भनार्इ छ।

सरकार गठन भएको तिन बर्षसम्म पनि अपेक्षित विकास गर्न नसकेको भन्दै मुख्यमन्त्री शाहीले बाटो तत्काल बाटो खुल्ला गर्न सांसदले आग्रह गरेका छन्।

यसैबीच कर्णालीमा नेकपाका ३३ जना सांसद छन। एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन। प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ।

प्रदेश सभामा ४० जना सांसद मध्य नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन। कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन भने माओवादीका १३ जना सांसद छन्। अविश्वासको प्रस्तावमा साविक माओवादीका तिन जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन्।

नेपाल सङ्घीय प्रणालीमा गएदेखि कुनै पनि प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अगाडि सारिएको यो पहिलो घटना हो।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...