गंगाजमुना गाउँपालिकामा १५० भन्दा बढी नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश

काठमाडौं -धादिङमा पार्टी प्रवेश गर्ने क्रम तिव्र रुपले बढी रहदाँ फेरी १५० जना भन्दा बढी युवाहरुलाई कांग्रेसले आफ्नो पार्टीमा भित्राउन सफल भएको छ। यसै बिच जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं. ३ र ४ का करिब १५० भन्दा बढि युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
साविकको गुम्दी गाविस स्थित सातदोवाटेमा आयोजना गरिएको एक कार्यक्रमका बिच उनीहरु पार्टी प्रवेश गरेका हुन् । नेकपाको दुई तिहाई नजिकको सरकारले जनभावना अनुसार कार्य गर्न नसकेको र पदिय भागबण्डामा रुमलिएको भन्दै आफुहरु पार्टी नेकपा छोडेर कांग्रेस प्रबेश गर्न बाध्य भएको बताए।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पुर्व पार्टी सभापति रामनाथ अधिकारी, पुर्व राज्यमन्त्री दिलमान पाख्रिनि, निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना लगायतका जिल्ला स्तरका तथा स्थानिय स्तरका नेता कार्यकर्ताको उपस्थिसत रहेको थियो।

















