News Portal

बाबुरामलाई किरणको आग्रह: वली, प्रचण्ड र देउवाको भ्रष्टाचार बाहिर ल्याउ !

हिमालीसंचार संवाददाता
५६३ पटक

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक रवि किरण हमालले जसपा वरिष्ठ नेता बाबुराम भट्टराईलाई माओवादी क्यान्टोनमेन्ट र बुढीगण्डकी प्रकरणमा भएको अर्बौं भ्रष्टाचार बाहिर ल्याउन आग्रह गरेका छन्।

केही वर्ष अगाडि कैलालीमा भएको कार्यक्रममा बाबुरामले माओवादी क्यान्टोनमेन्टमा प्रचण्डको टिमले अर्बौं भ्रष्टाचार गरेको बताएका थिए। बिहीबार मात्र गोर्खामा आयोजित एक कार्यक्रममा बोल्दै बुढीगण्डकी जलविद्युत परियोजनामा प्रधानमन्त्री केपी शर्मा वली, पुर्वप्रधानमन्त्रीहरु प्रचण्ड र देउवा मिलेर नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

उनले आफूसङ प्रमाण रहेको समेत दाबी गरेका छन्। बाबुराम भट्टराईसंगको तस्बिर सामाजिक संजालमा राख्दै उनले सत्यतथ्य बाहिर ल्याउन बाबुरामसंग माग गरेका छन्।

किरणले लेखेका छन् “यो अत्यन्तै गम्भीर विषय हो, यदि त्यसो हो भने, बाबुराम भट्टराईले सार्वजनिक रूपमा प्रमाण नेपाली जनता समक्ष प्रस्तुत गर्नुपर्छ, प्रधानमन्त्री वलीले राजीनामा दिनुपर्छ।”

नागरिकका तर्फबाट  उच्चस्तरीय संयन्त्र बनाएर छानबिन गरेर कार्वाही प्रक्रिया अगाडि बढाउनुपर्नेसमेत उनले बताएका छन्।

मुलधारको राजनैतिक नेतृत्व भ्रष्ट रहेको समेत नयाँ शक्तिले आरोप लगाएको छ।  

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...