News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दुई जनप्रतिनिधिसहित तीन दर्जन नेकपाका कार्यकर्ता कांग्रेसमा भित्रिए, राजिव शाहले गरे स्वागत

    हिमालीसंचार संवाददाता
    ४९६ पटक

    जाजरकोट – जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधिसहित तीन दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    बुधबार शिवालय-५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी दुई जना वडा सदस्यसहित ४ दर्जनबढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन

    वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर खत्री र अर्का वडा सदस्य नैनसरा बिक लगायत नेपाली कांग्रेसमा प्रवेश गरे। यस्तै नेकपाका वडा सचिव शेरबहादुर खत्री, कर्ण बिक, युवा संघका नेता डिलबहादुर खत्री, डिलबहादुर क्षेत्री, गणेश शाही, केशवप्रसाद रेग्मी, धन खत्री, वीरबहादुर खत्री, जय बहादुर नेपाली, वसन्त खत्री, देवबहादुर शाही, खगिसरा खत्री, प्रेमबहादुर शाही, मंगल खत्री, गजबहादुर पाइजामगर, भरत शाही, हेमन्तबहादुर शाहीलगायत रहेका छन्।

    नवप्रवेशीलाई पूर्वसभासद एवं नेपाली कांग्रेसका युवा नेता राजीवविक्रम शाह, नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसी, युवा नेता शेरबहादुर शाही, जनक शाही, जसबीर ओली, भक्त बहादुर थापा, कृष्ण बहादुर शाही, वडा सभापति भक्तबहादुर शाहीलगायतले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    ट्राफिक प्रहरीको कुटपिटको अर्को भिडियो पनि सार्वजनिक, अनुसन्धानमा प्रहरी प्रशासन

    काठमाडौं, वैशाख १२ – राजधानी काठमाडौंमा ट्राफिक प्रहरीको आक्रोशपूर्ण व्यवहारसम्बन्धी अर्को भिडियो सार्वजनिक भएको छ।...

    बुढीगंगा नदीमा हामफालेका एक युवाको ज्यान गयो, दुई जना घाइते

    कैलाली, वैशाख १२ – बाजुराको बुढीगंगा नदीमा एकैपटक हामफालेका तीन जना व्यक्तिमध्ये एक जनाको ज्यान...

    रंगेलीकाे ९ वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन

    मोरङक, वैशाख १२ – रंगेली नगरपालिकाले महिलाहरूका लागि पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको संचालन सुरु...

    आजको राशिफल

    आज वैशाख १२, २०८२ (अप्रिल २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौंमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट : भिडियो सामाजिक सञ्जालमा भाइरल

    काठमाडौं, वैशाख ११ – काठमाडौं उपत्यकामा खिचिएको भनिएको एक भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ,...