News Portal

नेपाली काँग्रेसको १४औँ महाधिवेशन सर्ने !

हिमालीसंचार संवाददाता
४७४ पटक

काठमाडाैं – नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस (कोभिड–१९) बाधक देखिएको छ। कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ।

महाधिवेशनका लागि वडा तहमा क्रियाशील सदस्यता वितरणको कार्य धेरै जिल्लामा जारी रहे पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढी भएका जिल्लामा सदस्यता वितरण कार्य अगाडि बढ्न सकेको छैन।

तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते भएको सहमति अनुसार हुनुपर्ने समायोजन प्रक्रिया टुङ्गोमा पुगेको छैन। हालसम्म ७३ जिल्लाको सकिएको र ४ जिल्लाको बाँकी छ। सिरहा, सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए।

समायोजन प्रक्रिया पूरा भएका ७० जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गर्न फाराम लगिसकेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको भनाइ छ।

पछिल्लोपटक केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टी अन्तरिम संरचनाको समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म तोकेको थियो। सबै जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा साउन मसान्तसम्म तोकेको थियो।

केन्द्रले अहिलेसम्म त्यस बारेमा के गर्ने भनेर निर्णय गर्न सकेको छैन। पार्टीका मुख्य सचिव पौडेलले कोरोना प्रभाव कम भएका धेरै जिल्लाले असोजभित्र क्रियाशील सदस्यता वितरणको कामलाई अन्तिम रूप दिन लागेको जानकारी दिए। क्रियाशील सदस्यता वितरणको प्रक्रियाले पूर्णता पाएको दुई महिनाभित्र सबै तहका अधिवेशन गर्न सकिने भनाइ पौडेलको छ।

काँग्रेसको साउन २२ मा बसेको पदाधिकारी बैठकले १४औँ महाधिवेशन गर्न क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ। यही असोज २५ गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिकामा परिमार्जन गर्ने जानकारी पनि पौडेलले दिए। गोरखापत्र दैनिकमा खबर छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...