News Portal

महरालाई स्थायी कमिटीमा ल्याउन ओली असहमत !

हिमालीसंचार संवाददाता
४४३ पटक

काठमाडौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउन अनिच्छुक देखिएका छन्। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महराले अदालतबाट सफाइ पाइसकेको स्थायी कमिटीमा ल्याउन इच्छा राखेका छन् तर, ओलीले महराको विषयमा थप छलफल गर्नुपर्ने भन्दै रोकेको महरानिकट एक नेताले बताए।

अध्यक्ष प्रचण्डले महरालाई यसअघि असोज ५ गते पेरिसडाँडामा बसेको सचिवालय बैठकबाट स्थायी कमिटीमा ल्याउने तयारी गरेका थिए तर, अर्का अध्यक्ष ओलीले दुई अध्यक्षले थप छलफल गरेर मात्रै स्थायी कमिटीमा ल्याउने भनेपछि रोकिएको थियो।

‘पार्टी अध्यक्ष ओली कमरेडले महरा सरलाई भेटेर छलफल गर्नुपर्छ भन्नु भएको थियो। एकपटक भेटेर छलफल गरेपछि पार्टीमा फर्काउन सजिलो हुन्छ भन्नु भएको थियो, महरानिकट ती नेताले भने तर, महरा सरले ओली कमरेडलाई भेट्न धेरै पटक प्रयास गर्नुभयो। अहिलेसम्म भेट्ने समय मिलेको छैन।

सभामुख हुँदा महराले मिलेनियम च्यालेन्ज कर्पोरेसन कर्पोरेसन (एमसिसी) पारित गराउन सहयोग नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट थिए। त्यहीँ विषयलाई प्रधानमन्त्रीले इगो बनाएकाले महरालाई स्थायी कमिटीमा ल्याउन समस्या भएको हुन सक्ने महरा निकट नेताहरुको विश्लेषण छ।

तर, महरानिकट केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले ‘महरा सर’ स्थायी कमिटीमा छिट्टै आउन सक्ने बताए। ‘महरा सरलाई स्थायी कमिटीमा ल्याउन प्रचण्ड सकारात्मक हुनुहुन्छ। अर्का अध्यक्ष पनि सहमत भए उहाँलाई स्थायी कमिटीमा ल्याउन समस्या हुँदैनहोला, शर्माले भने, गत असोज ६ गतेको सचिवालय बैठकले एकताका बाँकी कामसँगै पार्टी नेताहरुको कार्यविभाजन समेत टुंगो लगाउने भनिएकाले त्यसैमा महरा सरबारे प्याकेजमा टुंगिन सक्छ।

महरा माओवादी पार्टीमा हुँदा सचिवालय सदस्यको जिम्मेवारीमा थिए। वाम गठबन्धनबाट महरा सभामुख भएका थिए। संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन गरेको आरोप लागेपछि गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। त्यहीँ विषयमा मुद्धा परेपछि जिल्ला अदालत काठमाडौंले गत फागुन ५ गते निर्दोष सावित गरी सफाइ देखिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...