News Portal

हुम्लाका सहायक प्रजिअ हमाललाई सोध्यो गृहले स्पष्टीकरण

हिमालीसंचार संवाददाता
५६४ पटक

हुम्ला – चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृहमन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ। चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको अनलाइनखबरमा यज्ञ खत्रीले समाचार लेखेका छन।

गृह स्रोतका अनुसार प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा तालुक निकायलाई जानकारी नदिइ के कति कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ भन्ने पत्र पठाएको हो।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पत्रबारे आफूलाई जानकारी नभएको तर दुई देशबीचको सिमानाको विषयमा सहायक प्रमुख जिल्ला अधिकारीले त्यसरी बोल्न नमिल्ने बताए।

दुई साताअघि सहायक प्रजिअ हमाल नेतृत्वको टोली नेपाल-चीन सिमाना नाम्खा गाउँपालिका-६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा पुगेर स्थलगत अध्यन गरेको थियो। सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधारमा चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेका थिए।

उक्त प्रतिवेदन गृह मन्त्रालयमा पनि पठाइएको थियो। सोही प्रतिवेदनको आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा अनुगमन र हराएको भनिएको सिमास्तम्भ खोज्न नाकामा गएको छ।

हमालले दिएको सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन-प्रशारण गरेपछि काठमाडौँमा चीनबिरुद्ध प्रदर्शन समेत भएको थियो। यस्ले गर्दा दुई देशबीचको सम्बन्धमा विवाद ल्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो।

असोज ३ गते शनिबार सीमातर्फ गएको अनुगमन टोली अझै सदरमुकाम फर्किएको छैन तर, घटनास्थलको बास्तविकता बाहिर नआउँदै मन्त्रालयले हमाललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो।

सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबारको नियमित पत्रकार सम्मेलनमा हुम्लामा चीनले सीमा अतिक्रमण नभएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...