News Portal

  • नेविसंघको अध्यक्षमा अन्जान निर्वाचित

    हिमाली संचार संवाददाता
    ६९० पटक

    काठमाडौं -नेपाली कांग्रेस (विपी) को विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएको छ । अन्जान लामा (धनबहादुर) अध्यक्ष रहेको १८ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा अशोककुमार यादव, महामन्त्रीमा राज महर्जन, सहमहामन्त्रीमा जीवन कठायत, भूपी दौत्याल, कोषाध्यक्षमा बिक्रम लामा (भान्जा) रहनुभएको छ ।

    त्यसैगरी सदस्यहरुमा डम्बर केसी, भरत न्यौपाने (जोसेफ), सोमन राना, अमित ओली, आशिष अली, प्रसन्न विक, रुपा सुनुवार, हिस्से नोर्बु लामा, सौगात सिंह, अर्जुन लामा, रेशम कुँवर, मनिषा आचार्य रहेका छन् । अध्यक्ष लामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको नेविसंघको सभापति र स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको उम्मेदवारसमेत भइसक्नुभएको छ । उहाँ प्रदेशसभाको निर्वाचनमा काठमाडौं–१ बाट प्रतक्ष्य निर्वाचन उठ्नुभएको थियो ।

    ‘राष्ट्रियता, प्रजातन्त्र,समाजवाद र विद्यार्थी एकता’ मूल नारा बनाएको नेविसंघले आवश्यकता अनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरु थप्न सकिने अध्यक्ष लामाले जनाउनुभयो । आइतबार परेको विपी कोइरालाको जन्मदिनको अवसरमा केन्द्रीय समिति गठन गरिएको जनाइएको छ । लामाले सबै क्षेत्र, वर्ग र समुदायलाई समेटेर अघि बढ्ने बताउनुभयो । नेपाली कांग्रेसले वास्तविक धरातल छोडेर गलत बाटो लिएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही दिनअघिमात्र हरिबोल भट्टराइको अध्यक्षतामा पार्टी गठन गरिएको हो । करुवा चिन्ह लिएर पार्टी निर्वाचनमा गएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...

    मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

    चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई...

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...