News Portal

कोरोना जन्तरमै मख्ख मुख्यमन्त्री शाही !

हिमालीसंचार संवाददाता
५१७ पटक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन्। भ्रमणका क्रममा उनले गलामा परिचयपत्र जस्तो देखिने बस्तु झुण्डाएका थिए।

गलामा झुण्डाइएको वस्तु हेर्दा परिचय पत्र जस्तो देखिए पनि उक्त वस्तु कोरोना ब्लकर भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार कोरोना ब्लकर झुण्डाएर मुख्यमन्त्री शाहीले कालिकोट, जुम्ला, मुगु र हुम्ला भ्रमण गरेका हुन् ।

यसभन्दा अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीका सदस्यले कोरोना भाइरस संक्रमण हुन नसक्ने भन्दै उक्त कोरोना जन्तर लगाएका थिए।

कोरोना भगाउनका लागि मुख्यमन्त्री शाहीले कोरोना जन्तर लगाएको उनको सचिवालयको भनाई छ। स्वास्थ्य मन्त्रालयले ब्लकर कार्डप्रति गम्भीर आपत्ति जनाउँदै मन्त्रालयको ध्यानाकर्षण भएको बताएको थियो। त्यसपछि कोरोना जन्तर लगाउन छाडेका थिए।

जनमासमा पुगेका मुख्यमन्त्री शाहीले भ्रम फैलाउने खालको काम भएको भन्दै स्वास्थ्य विज्ञदेखि सर्वसाधारणसम्म चर्को आलोचना भैरहेको छ तर, त्यो कोरोना जन्तर मुख्यमन्त्री शाहीलाई कसले लगाउन किन सुझाव दियो भन्ने बिषयमा उनको सचिवालय कुनै जानकारी दिएको छैन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...