News Portal

  • मन्त्रीविहीन कर्णालीका मन्त्रालय, अनुगमनका नाममा पार्टी प्रवेश कार्यक्रममा सहभागी

    ४५३ पटक

    गणेश विशु/वीरेन्द्रनगर – कर्णाली प्रदेश मन्त्रीविहीन भएको छ। विश्वभरि फैलिएको कोरोना भाइरस(कोभिड-१९) को बढ्दो जोखिममा पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्रीहरू जिल्ला दौडाहमा गएकाले मन्त्रालयहरू मन्त्रीविहीन भएका हुन्।

    भौतिक पूर्वाधार विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाही सोमबार जुम्ला पुगेका छन्। जुम्ला पुगेका मुख्यमन्त्री शाही भवन उद्घाटन, विभिन्न योजना अनुगमन कार्यक्रममा सहभागी भएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री दल रावल पनि मुख्यमन्त्रीसँगै जुम्ला पुगेका छन्।

    जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सहभागी हुन मुख्यमन्त्री शाहीसहितको टोली जुम्ला पुगेको मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री जुम्ला रहँदा विभिन्न योजनाको अनुगमनसँगै कार्यालयका प्रमुखहरूसँग छलफल कार्यक्रममा सहभागी हुने छन्। करिब एक सातासम्म जिल्ला दौडाहमा निस्केका मुख्यमन्त्री शाही मुगुसम्म पुग्ने बताइएको छ।

    त्यस्तै आर्थिक मामिला तथाण् योजनामन्त्री प्रकाश ज्वाला शनिबारदेखि गृह जिल्ला सल्यानमा छन्। प्रदेश लेखा इकाइ कार्यालय उद्घाटन गर्न उनी सल्यान पुगेका हुन्। बिहीबारदेखि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि दैलेखमा छिन्। कृषि तथा पशुपन्छीसँग सम्बन्धित कार्यक्रमको अनुगमन गर्न उनी दैलेख पुगेकी थिइन्।

    स्रोतका अनुसार दैलेखबाट फर्किएपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी जुम्ला जाने कार्यक्रम छ। अहिले प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा मात्र छन्।

    मुख्यमन्त्रीसहित मन्त्रीहरू योजना अनुगमन र कार्यालय उद्घाटन गर्न भनिए पनि पार्टीका कार्यक्रममा सहभागी भएका छन्। मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी र सामाजिक विकासमन्त्री रावल आइतबार पार्टी प्रवेश गराउने कार्यक्रममा पनि सहभागी भएका छन्।

    आइतबार राप्रपाका एक सय ५० भन्दा बढी कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मुख्यमन्त्री र मन्त्रीहरूले अवीर लगाएर प्रवेश गरेका थिए। कोरोना भाइरसको जोखिमका बेला कर्णाली सरकार आफैँले भेला, सम्मेलन, गोष्ठी, कार्यशाला, अन्तरक्रियालगायतका भिडभाड नगर्न अपिल गरेको छ तर, सरकारका मुख्यमन्त्री र मन्त्रीहरू जिल्ला दौडाहमा जाँदा आलोचित बनेका छन्। जोखिमका बेला भेला, सम्मेलन गराउन जस्ता कार्यक्रम हुन थालेपछि जनता आक्रोसित भएका छन्।

    दैलेखमा कर्णाली प्रदेशका सांसद सुशिल थापामाथि दैलेखस्थित भैरवी गाउँपालिका–३, छामघाटमा स्थानीय युवाले आक्रमणको प्रयास गरेका थिए। कोरोना भाइरसको जोखिममा पनि पार्टी कार्यालय उद्घाटन, भेलाजस्ता कार्यक्रम गरेको भन्दै युवाहरूले आक्रमणको प्रयास गरेका थिए।

    सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको उच्च जोखिम रहेको हुँदा हाललाई सामूहिक आवागमन बन्द गरेको छ। अत्यावश्यक काम पर्दा टेलिफोन र इमेलमार्फत सञ्चार गर्न अनुरोध गरेको छ। साथै उक्त मन्त्रालयले मन्त्रालय आउने जरुरी काम परे सुरक्षाकर्मीसँग नाम टिपाएर एक व्यक्ति मात्र प्रवेश गर्न अनुरोध गरेको छ।

    यही अनुरोधलाई लक्षित गर्दै सुर्खेतका पत्रकार रमेश रावल लेख्छन्, ‘मन्त्रीज्यूले गाउँगाउँमा डुल्दै भेला सम्मेलन गोष्ठी गर्न मिल्ने, उहाँको कार्यालयमा जाँदा एकजना पनि जान नहुने।’ उनी मात्र होइन मन्त्रीहरूनै आफ्नै आचारसंहित तल्याउँदै हुलका हुल गाउँ जान थालेपछि सर्वसाधारणले आलोचना गर्न थालेका छन्।

    कोरोना त्रासका बीच सांसदहरू पनि गाउँगाउँमा छन्। मुख्यमन्त्री, मन्त्रीहरू जिल्ला दौडाहमा जाँदा मन्त्रालयको कामकाज पनि प्रभावित भएको छ। यतिबेला योजना अनुगमनका नाममा पार्टीका कार्यक्रम, भेला, सम्मेलन गर्नु कोरोनाको जोखिम निम्त्याउनु हो,’ लिलाकुमारी खत्रीले भनिन्, ‘एक वा दुईजना आएर कोरोनाबाट जोगिने उपाय अपनाउन सकिन्छ।

    तर यहाँ त धेरै मान्छे सहभागी भएर हिँड्ने र कार्यक्रम गर्ने गरिरहेका छन्।’ पछिल्लो समय गाउँ जोखिममुक्त भए पनि मुन्त्री, सांसद र नेताहरू गाउँ छिर्न थालेपछि जोखिम बढेको स्थानीयको भनाइ छ। पर्यटकीय क्षेत्र रारा तालमा हुन लागेको कार्यक्रममा आफू जान लागेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले जनाए। भदौ ३१ गते हुने कार्यक्रममा मुख्यमन्त्री शाहीसहित अरु केही मन्त्रीहरू पनि सहभागी हुने उनको भनाइ छ।

    सबै मन्त्रीहरू सामान्य कार्यक्रममा सहभागी हुँदा राज्यको ठूलो रकम खर्च हुने स्थानीय बताउँछन्। ‘यतिबेला योजना अनुगमन चलिरहेको छ,’ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले भने, ‘अनुगमनमा जाँदा मन्त्रालयहरू मन्त्रीविहीन भएका छन्।’ अनुगमनमा जाँदा मन्त्रालयहरूका कामकाज प्रभावित नभएको उनको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न...

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको...

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला...