News Portal

अखिलका केन्द्रीय सह-संयोजक सिन्धुपाल्चोक आउँदा क्रान्तिकारीलाई मात्रै खबर

हिमाली संचार संवाददाता
६२४ पटक

सिन्धुपाल्चोक– जिल्ला प्राकृतिक विपत्तिबाट धेरै मानवीय क्षति तथा भौतिक क्षतिहरु रहेको अवस्थामा सिन्धुपाल्चोकमा रहेका नेतृत्वतहरुले पहिरो पीडितका निमित्त राहात उदार तथा व्यवस्थापनका निमित्त नेकपा का नेतृत्व तहहरू घनिभूत रुपमा खटिरहेको अबस्था छ। यसैक्रममा सम्माननीय सभामुखज्यू सिन्धुपाल्चोकको घुम्थाङ र नागुजे पहिरो पीडितका निमित्त राहत र उद्धारको कार्य तिब्र रुपमा गरिएको छ।

नेकपाका सबै नेताहरु सिन्धुपाल्चोकको पहिरोमा परेका हरुको उद्धार र राहतका निमित्त अहोरात्र रुपमा खटिरहेको प्रत्यक्ष रुपमा देखिन सकिन्छ।
यसै क्रममा अनेरास्ववियु केन्द्रीय सह-संयोजक क रञ्जित तामाङ सिन्धुपाल्चोक आउदै गर्दा एकतर्फी ढङ्गबाट अनेरास्ववियु सिन्धुपाल्चोकका संयोजक क मिलन लामालाई मात्रै बोलाएर क्रान्तिकारीका साथीहरुहरु संग छलफल गरी पहिरो जोखिम भएको ठाउँमा माक्सको प्रयोग नगरी घटनास्थल तर्फ गएको खुल्न आएको छ। सिन्धुपाल्चोक पूर्व नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुका भने कसैसँग पनि सल्लाह नगरी अनेरास्ववियु केन्द्रीय कमिटीका सह-संयोजक रञ्जित तामाङ सिन्धुपाल्चोक पुगेका हुन्।

अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक हिरा चौलागाई सोध्दा हामीहरुलाई कुनै जानकारी नभएको अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक बताउनुभयो। त्यसैगरी सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका अनेरास्ववियुका जलबिरे भ्याली क्यामपसका स्ववियु सभापति अमृत थापालाई सोध्दा पनि अखिलका नेता आउने कुनै जानकारी नभएको उहाँ बताउनुभयाे।
यसरी हेर्दा अनेरास्ववियुलाई विवादमा लान नेतृत्वतह नै लागिपरेको खुल्न आएको छ।

यसरी बिद्यार्थीको हकहितका निमित्त बोल्ने अनेरास्ववियु भित्र किचलो समूह सक्रिय भइरहेको बताउनुहुन्छ । अनेरास्ववियु सिन्धुपाल्चोकका प्रभावशाली नेता रवि भण्डारी पनि पहिरो पीडितका लागि राहत र उद्धारका लागि हामी हाम्रा नेतालाई सुझाई रहेको छौं।राहत र उद्धारको लागि सम्पूर्ण नेताहरु लागिरहेको दाबी गर्नुहुन्छ।
केन्द्रिय नेता तथा संयोजकले विधि पद्धतिलाई अनेरास्ववियुले अनुशरण गर्नुपर्ने देखिएको अखिलका नेता कमल बुढाथोकीले हिमाली संचारको कुराकानीमा बताए।

अनेरास्ववियुमा प्रचारबाजी भन्दा पनि अखिलको काम गर्नेहरूको नेतृत्वमा रहनुपर्ने अखिलका नेता अमृत थापा बताउ छन्। साथै पहिरो पीडितका लागि आआफ्नो ठाउँबाट लाग्न राहत र उद्दारमा जुट्न सम्पूर्ण प्रगतिशील युवा विद्यार्थी मा अपील समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...