News Portal

  • अखिलका केन्द्रीय सह-संयोजक सिन्धुपाल्चोक आउँदा क्रान्तिकारीलाई मात्रै खबर

    हिमाली संचार संवाददाता
    ५६४ पटक

    सिन्धुपाल्चोक– जिल्ला प्राकृतिक विपत्तिबाट धेरै मानवीय क्षति तथा भौतिक क्षतिहरु रहेको अवस्थामा सिन्धुपाल्चोकमा रहेका नेतृत्वतहरुले पहिरो पीडितका निमित्त राहात उदार तथा व्यवस्थापनका निमित्त नेकपा का नेतृत्व तहहरू घनिभूत रुपमा खटिरहेको अबस्था छ। यसैक्रममा सम्माननीय सभामुखज्यू सिन्धुपाल्चोकको घुम्थाङ र नागुजे पहिरो पीडितका निमित्त राहत र उद्धारको कार्य तिब्र रुपमा गरिएको छ।

    नेकपाका सबै नेताहरु सिन्धुपाल्चोकको पहिरोमा परेका हरुको उद्धार र राहतका निमित्त अहोरात्र रुपमा खटिरहेको प्रत्यक्ष रुपमा देखिन सकिन्छ।
    यसै क्रममा अनेरास्ववियु केन्द्रीय सह-संयोजक क रञ्जित तामाङ सिन्धुपाल्चोक आउदै गर्दा एकतर्फी ढङ्गबाट अनेरास्ववियु सिन्धुपाल्चोकका संयोजक क मिलन लामालाई मात्रै बोलाएर क्रान्तिकारीका साथीहरुहरु संग छलफल गरी पहिरो जोखिम भएको ठाउँमा माक्सको प्रयोग नगरी घटनास्थल तर्फ गएको खुल्न आएको छ। सिन्धुपाल्चोक पूर्व नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुका भने कसैसँग पनि सल्लाह नगरी अनेरास्ववियु केन्द्रीय कमिटीका सह-संयोजक रञ्जित तामाङ सिन्धुपाल्चोक पुगेका हुन्।

    अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक हिरा चौलागाई सोध्दा हामीहरुलाई कुनै जानकारी नभएको अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक बताउनुभयो। त्यसैगरी सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका अनेरास्ववियुका जलबिरे भ्याली क्यामपसका स्ववियु सभापति अमृत थापालाई सोध्दा पनि अखिलका नेता आउने कुनै जानकारी नभएको उहाँ बताउनुभयाे।
    यसरी हेर्दा अनेरास्ववियुलाई विवादमा लान नेतृत्वतह नै लागिपरेको खुल्न आएको छ।

    यसरी बिद्यार्थीको हकहितका निमित्त बोल्ने अनेरास्ववियु भित्र किचलो समूह सक्रिय भइरहेको बताउनुहुन्छ । अनेरास्ववियु सिन्धुपाल्चोकका प्रभावशाली नेता रवि भण्डारी पनि पहिरो पीडितका लागि राहत र उद्धारका लागि हामी हाम्रा नेतालाई सुझाई रहेको छौं।राहत र उद्धारको लागि सम्पूर्ण नेताहरु लागिरहेको दाबी गर्नुहुन्छ।
    केन्द्रिय नेता तथा संयोजकले विधि पद्धतिलाई अनेरास्ववियुले अनुशरण गर्नुपर्ने देखिएको अखिलका नेता कमल बुढाथोकीले हिमाली संचारको कुराकानीमा बताए।

    अनेरास्ववियुमा प्रचारबाजी भन्दा पनि अखिलको काम गर्नेहरूको नेतृत्वमा रहनुपर्ने अखिलका नेता अमृत थापा बताउ छन्। साथै पहिरो पीडितका लागि आआफ्नो ठाउँबाट लाग्न राहत र उद्दारमा जुट्न सम्पूर्ण प्रगतिशील युवा विद्यार्थी मा अपील समेत गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...

    दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

    सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या...

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न...