News Portal

नेपाल कम्युनिष्टपाटी(नेकपा)सिन्धुपाल्चोकद्धार प्रेश बिज्ञप्ती जारी

हिमाली संचार संवाददाता
४९२ पटक

ईश्वर गुभाजु चौतार-बाह्रबिसे नगरपालिका वडा न. ७ (घुम्थाङ) भिरखर्क नागुजे पहिरोको सन्दर्भलाई लिएर नेपाल कम्युनिष्ट पाटी (नेकपा)सिन्धुपाल्चोकले आईतवार विज्ञप्ती निकालेको छ । सो घटनाले दुखी वनाएको भन्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष झम्क नेपाल र सचिब दावा तामाङले हस्ताक्षरित सो प्रेश बिज्ञप्ती सार्बजनिक गरेको छ।
बिज्ञप्तीमा यस्तो भनिएको छ ।निरन्तर अनेकौँ प्राकृतिक बिपत्ति झेलिरहेको सिन्धुपाल्चोक जिल्ला आज पुन अर्काे विपत्ति झेल्न विवस छ । गए रातिको अविरल बर्षादको कारण बस्ति माथिबाट पहिरो आउदा बाह्रबिसे नगर पालिका वडा नम्वर ७ घुम्थाङ स्थित भिरखर्क नागुजेमा ठुलो धनजनको क्षेति भएको छ । उक्त ठाउमा पहिरोको कारण २५ घर पुरिएको छन् । हाल सम्म ११ जनाको शव भेटिएको छ भने २०जना सम्पर्क बिहिन अबस्थामा छन् ।

घटना स्थल बाट ४ जनाको उद्धार गरि बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भई रहेको छ । पहिरोमा परेर पुरिएकाहरुको खोजि कार्य जारी छ ।
यस दुःखद घडीमा ज्यान गुमाउनेहरु प्रति भाव पुर्ण श्रद्धाञ्जली घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक संन्तप्त परिवार जनमा गहिरो समावेदना ब्यक्त गर्दछौ । यस दुःखद घडिमा उद्धार र खोजि कार्यमा स्वत स्फुर्त खट्नु हुने स्थानीय जनता सेना शसस्त्र प्रहरी जनपथ प्रहरी सम्माननिय सभामुख, लगायत सम्पुर्ण जनप्रतिनिधीज्यूहरु पार्टीको केन्द्रिय नेता लगाएत सवै पार्टीका मित्रहरु, समयमानै समचार सम्ंप्रेषित गर्ने पत्रकार मित्रहरुमा पार्टी जिल्लाको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

यस विपत्तिमा ज्यान गुमाउने मृतकका परिवार र कष्टकर जीवन जीउने जनताहरुलाई राहात आवास बिहिनहरुलाई आवासको ब्यवस्था गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै पटक पटक दोहोरी रहने यस्ता विपत्तिहरुबाट बच्न बचाउन सवैले आ–आफ्नो ठाउँमा पहल गरौ । बर्षा निरन्तर रहेकोले सिन्धुबासीलाई सचेनता अपनाउन हार्दिक आव्हान गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...