News Portal

पदका निम्ति तमासा गर्ने मान्छे होइन: माधव नेपाल

हिमाली संचार संवाददाता
३६९ पटक

काठमाडौं – अन्तरविरोधको गुजुल्टो फुकाउने कसरत गरिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ। यहीबेला एउटा ‘न्यारेटिभ’ बनिरहेको छ।केपी शर्मा ओली र प्रचण्डवीच पुनर्मिलन भयो, तर माधव नेपालचाहिँ फेरि किनारामा धकेलिएका छन् र उनी असन्तुष्ट छन्।

नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालको असन्तुष्टि अझै जीवितै छ ? कार्यदलको प्रतिवेदन र त्यसका आधारका अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा नेता नेपालले ‘नोट अफ डिसेन्ट’ जनाउन लागेका हुन् ? यिनै प्रश्नको उत्तर खोज्न हामी विहीबार दिउँसो नेपाल निवास कोटेश्वर पुग्यौं।

बरिष्ठ नेता नेपाल  निकै सन्तुलितरुपमा प्रस्तुत भए । प्रधानमन्त्री ओलीसँग चार दशक लामो सम्बन्ध रहेको र प्रचण्डसँग पनि तीन दशकभन्दा बढी संगत रहेको बताउँदै नेता नेपालले पार्टी विधि र पद्दतिको बाटोमा अग्रसर हुन थालेको सकारात्मक टिप्पणी गरे।

दुई अध्यक्षले लिएको पछिल्लो ‘मूभ’प्रति बरिष्ठ नेता नेपाल सन्तुष्ट छन् कि असन्तुष्ट ? यसको जवाफ उनले ‘ग्रे एरिया’मा बसेर दिन खोजे। उनी अलिकति आशावादीजस्तै देखिए।

अन्तरवार्ताको रोचक पक्षचाहिँ के रह्यो भने नेता नेपालले आफ्नो भावनात्मक पक्षलाई बढी मुखरित गर्ने प्रयास गरे। म गीत गाएर हिँड्दिनँ, म पदका लागि तमासा देखाउने खालको मान्छे हैन र म चुनौतीको सामना गर्ने मान्छे हुँ भन्दै नेता नेपालले आगामी महाधिवेशनमा कार्यकर्ताले जे भन्छन्, माधव नेपालले त्यही गर्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...