News Portal

विप्लव नेकपाले भन्यो – भ्रष्ट कर्मचारी र ठेकेदारलाई कार्वाही गर्छौं

हिमाली संचार संवाददाता
५४७ पटक

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ। पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेका छन्।

प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदार र रेलमार्गको निर्माणको नाममा अर्बौं रकमको भ्रष्टाचार गर्ने रेल विभागका महानिर्देशक समेतलाई कार्वाही गर्ने जनाएको छ।

‘ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने नेपाल कम्युनिष्ट पार्टीले कारवाही गर्छ। विज्ञप्तीमा भनिएको छ।

प्रवक्ता प्रकाण्डले कथित पूर्वपश्चिम रेलमार्गको परियोजनाको नाममा काकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालय अन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवं आर्थिक मूल्याङ्कन बिनै आफ्नै राज्यको कानुन विपरीत दिएको उल्लेख गरेका छन्।

यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामा लगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटेको उल्लेख गरेको छ।

रेलको ठेक्का काण्ड नेपाल वायुसेवा निगमको वाईडवढी भ्रष्टाचार काण्डलाई समेत माथ गर्ने भ्रष्टाचार र कमिशन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने प्रकाण्डको भनाई छ।

प्रवक्ता प्रकाण्डले पार्टीलाई बदनाम गर्न, पार्टीको नाममा चन्दा आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी, भगौडा र अपराधिक तत्वहरु ज्यान फालेर लागेको भन्दै तिनलाई पनि कार्वाही गर्ने जनाएको छ।

क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापार–व्यावसायी एवं कर्मचारी क्षेत्रसंग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्ने बाहेक चन्दाको नाममा आतंक मच्चाउने र जवर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको स्पस्ट पारेका छन्।

साथै उनले सहयोग दातालाई पार्टीको आधिकारिकता बाहेक नठगिन र ठगहरुलाई पार्टीमा बुझाईदिन अनुरोध गर्दै त्यस्तालाई पार्टीले ठाउँका ठाउँ कारबाही गर्ने समेत बताएका छन्।

बिज्ञप्ति यस्तो छ:

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...