News Portal

  • गृह छाडी अर्थमा बामदेवको दाबी किन ?

    हिमाली संचार संवाददाता
    ३४६ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पछिल्लो समय पार्टीभित्र सुरथको एक्का सावित भएका छन्। उनले जसलाई साथ दियो उही शक्तिशाली हुने अवस्था छ। अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गौतमले साथ नदिंदा सत्ता संकट बढेको थियो तर, तिनै बामदेवको साथले उनको सत्ता जोगियो।

    अहिले बामदेव राष्ट्रियसभामा जाने विषय लगभग निश्चित भइसकेको छ। उनैले विगतको पार्टी निर्णय भन्दै यसलाई कार्यान्वयन गर्न माग गरेका थिए तर, बामदेव राष्ट्रियसभा सदस्य बन्नका लागि मात्र सरकारमा जान लागेको होइनन् भन्ने निश्चित भइसकेको छ।

    यतिबेला उनी अर्थमन्त्रीको दाबेदार रहेको चर्चा चलेको छ। दुईपटक गृहमन्त्री भइसकेका उनी किन अर्थमन्त्री बन्न चाहे ? यो प्रश्न तेर्सिएको छ।

    यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता पाउनेमा प्रश्न उठेको छ। उनी सांसद नभएकाले भदौ १९ बाट स्वतः अर्थमन्त्री रहने छैनन्। यसकारण मात्र बामदेवको ध्यान अर्थमा गएको होइन।

    खतिवडा नेकपाभित्र निकै आलोचित छन्। उनी प्रधानमन्त्री ओलीका प्रीय भएपनि ओलीनिकटस्थले नै मन पराउँदैनन्। राजनीतिक पृष्ठभुमिबाट नआएकाले उनको कार्यशैलीले नेकपालाई भविष्यमा नकारात्मक असर पर्ने विश्लेषण भइरहेको छ।

    लोकप्रीय काम उनको पालामा खासै हुन सकेन। बरु कतिपय कारणले उनी आलोचित भए। प्रतिनिधिसभा चुनाव हारेका बामदेव राष्ट्रियसभामा जान खोज्दा आलोचित नहुनुमा उनले अर्थमन्त्री दाबी देखाउनु पनि कारण हो। नेकपाभित्र अर्थमन्त्रीको बर्हिगमनको पक्षधर धेरै छन्। जुन भावना बुझेर बामदेवले कार्ड फालेका छन्।

    अर्थमन्त्री भएमा कतिपय लोकप्रीय काम गरेर पार्टी पंक्तिभित्र र बाहिर समेत मन जित्न सकिने बामदेवको विश्वास रहेको बुझिएको छ। उनले यसलाई आफ्नो राजनीति अझ मजबुत बनाउने अवसरका रुपमा लिन खोजेका छन् तर, नेकपाभित्र उनलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने बाटो सहज छैन।

    चुनाव हारेको भएकाले कानुनी अड्चन पनि हुनसक्छ। अर्कोतर्फ, प्रधानमन्त्री ओलीसमेत उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइहाल्ने पक्षमा सकारात्मक देखिइसकेका छैनन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...

    दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

    सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या...

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...