News Portal

निर्वाचित वडाध्यक्षद्धारा श्रीमतीमाथी घरेलुहिसा, सम्वन्ध विच्छेदको मुद्वा दर्ता

हिमाली संचार संवाददाता
१०९५ पटक

सुर्खेत – अर्कै महिलासँग लागेपछि मानसिक र शारीरिक यातना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष भूपेन्द्रबहादुर दर्लामीले आफ्नै श्रीमतीलाइ मानसिक र शारीरिक यातना दिने गरेको श्रीमतीले आरोप लगाएकि छन।

वीरेन्द्ररनगरमा पत्रकारसंग कुराकानी गर्दै वडाध्यक्षका श्रीमती देवीसराले श्रीमान अर्कै महिलासँग लागेपछि आफूलाई मानसिक र शारीरिक यातना दिने गरेको आरोप लगाएकि हुन।

२० बर्षसम्म आफैसँग बसेको श्रीमान विरामी हुँदा उपचार गरेको, घर खर्च चलाउन आफू विदेश गएर कमाई गरेको र स्थानीय निर्वाचनमा वडाध्यक्षमा लड्दा पनि धेरै आर्थिक सहयोग गरेको भन्दै देवीसराले रकम फिर्ता गर्न माग गरेकिछन।

नेकपाबाट स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा जितेपछि श्रीमान भूपेन्द्रले आफुलाइ बारम्बार यातनादिन थालेको बताईन। देवीसरा भूपेन्द्रको दोस्रो श्रीमती हुन। देबीसराले एक बर्षदेखि भूपेन्द्र घरमा पनि आउन छाडेको भन्दै आफुलाइ न्याय दिलाइदिन भन्दै विभिन्न निकायमा गुहारदासमेत न्याय नपाएको बताईन। वडाध्यक्षले मेरो पावर नेता देखि मन्त्री र वकिलसंग रहेको भन्दै बारमबार यातना दिने गरेको उनको भनाई छ।

देवीसराले अहिलेसम्म भूपेन्द्रमाथि आफुले लगानी गरेको रकम फिर्ता पाउनुपर्ने र सम्वन्ध विच्छेदको मुद्दामा बराबर अंश पाउनुपर्ने माग गरेकिछन। उनले भूपेन्द्रले अदालतमा सम्वन्धविच्छेदको मुद्दा दर्ता गराएको भन्दै आफुले प्रहरीकोमा घरेलु हिंसाको मुद्दा दिएको बताईन।

उनले आफ्नो समस्या समाधान गर्नका लागि वीरेन्द्रनगर नगरपालिका, पार्टी कार्यालयमा पनि पुगेको तर आश्वासनमात्रै दिने, समाधान नगरेको देवीसराको भनाइ छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...