News Portal

  • देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको महामन्त्री कोईरालाको दाबी

    हिमाली संचार संवाददाता
    ५३० पटक

    २०७७ भदौ ८, सोमबार
    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गर्नुभएको छ।

    उहाँले पत्रकारसंग कुरा गर्दै १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने ठोकुवा गर्नुभयो।

    पार्टी सभापतिकालागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उहाँको भनाई छ।

    कोइरालाले महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरीत गरिरहेको भन्दै असन्तुष्टि समेत जनाउनु भएको छ।

    पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उहाँले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताउनुभएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार १४ गतेको राशिफल

    आज असार १४, २०८२ (जुन २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक...

    अमेरिकी आक्रमण निष्प्रभावी रह्यो : सर्वोच्च नेता खामेनीको टिप्पणी

    तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित...

    आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

    रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे...

    सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

    चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या...