News Portal

पुजारी हत्या गर्नेलाई कारबाही गर्न युवा नेता थापाको माग

हिमाली संचार संवाददाता
६९६ पटक

२०७७ भदौ ६, शनिबार
काठमाडौँ – नेपाली कांग्रेसका युुवा नेता गगनकुमार थापाले रौतहटमा गरिएको पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेका छन।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटोअनुसन्धान गरी कारबाही गर्न माग गरेका हुन।

पुजारीमाथि मन्दिरमा रोटी खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। पुजारीको हत्या हुँदा एक शब्द नबोलेको भन्दै गगनको आलोचना भइरहेका बेला शनिवार विहान ट्वीटरमार्फत पुजारीका हत्यारामाथि कारवाही गर्न सरकारसँग माग गरेका हुन।

नेता थापाले नेपाल प्रहरीसँग घटनाको अनुसन्धानबारे पनि जानकारी समेत माग गरेका छन। ट्विटरमा उनले लेखेका छन, रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन बितिसकेको छ।

नेपाल प्रहरी, घटनाको अनुसन्धान के भइरहेको छरु अनुसन्धानमा बिलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानुनी कारबाही गर्न सरकारसँग आग्रह गर्दछु।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...