News Portal

प्रदेश अस्पतालले बिरामीलाई भ्याक्सिन दिएन

हिमाली संचार संवाददाता
५९२ पटक

२०७७ भदौ ३, बुधबार
नविन शाही/सुर्खेत – दैलेख ठाटीकाँध गाउँपालिका ३, की लक्ष्मी विक गत साउन २८ गतेदेखि प्रदेश अस्पताल सुर्खेतमा भर्ना भईन्। उनी अस्पतालको कोठा नम्बर ११ को वेड नम्बर १ मा छन्। घर नजिकैको भीरबाट लडेर उनको साउन २७ गते देब्रे हातको नाँडीबाट भाँचियो। जसको कारण शरिरको फियो समेत फुटेको छ।

दैलेखमा उनको उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत सुर्खेत ल्याइएको थियो। साउन २८ गते विहान देउती अस्पतालमा भर्ना गराइएकी उनलाई उपचारमा खर्च धेरै लाग्ने भएपछि सुलभ उपचारको लागि प्रदेश अस्पताल पुर्याइएको उनका दाजु योगेन्द्र कुमार सूजीले बताए।

प्रदेश अस्पतालमै सबै उपचार हुनेभएपछि निको भएर घर फर्किने विश्वासमा अस्पतालको बेड कुरेर बसेका उनका दाजुबहिनीमा अस्पतालको लापर्वाहीका कारण त्यो विश्वास टुट्दै आएको छ। उनको उपचारमा हालसम्म करिब ६० हजार खर्च भैसकेको छ।

हातको नाडी भाँचिदा ब्लड जाम भएको थियो जसको कारण फियो फुटेर पेटमा समेत ब्लड जाम भयो। उनको उपचारको लागि ‘एच आई बी पेनुमोरा, मिनिङ्गोकक भ्याक्सिनेशन’ नामक इन्जेक्सन लगाउनुपर्ने अस्पताल स्रोतको भनाई उदृति गर्दै उनका दाजु सूजीले जानकारी दिए।

‘अस्पतालले यो भ्याक्सिन आफुहरु (प्रदेश अस्पतालमा)सँग नभएकोले बाहिरबाट मगाउनुपर्ने हुन्छ। यसका लागि लाग्ने खर्च पाँच हजार रुपैयाँ तपाई (विरामी)ले तिर्नुपर्ने हुन्छ। तपाई ढुक्क हुनुहोस् उपचार हुन्छ’ अस्पतालको भनाई उदृत गर्दै सूजीले दुल्लूखबरसँग भने, ‘अहिले विरामीको अवस्था क्रिटिकल बन्दै गएको बेला अस्पतालले यो भ्याक्सिन हामी उपलब्ध गराउन सक्दैनौं। तपाई आफैले ल्याउनुहोस्। तपाईले भ्याक्सिन ल्याएपछि हामी लगाईदिन्छौं नभए विरामीलाई केही भए हामी जिम्मेवार छैनौं।

अस्पतालले विरामीको उपचार गर्दा अन्तिम अवस्थामा गैरजिम्मेवारी कुरा गरेको उनको भनाई छ। कोरोना महामारीको अवस्थामा जताकतै निषेधाज्ञा जारी छ। यस्तो अवस्थामा हामीले कहाँबाट कसरी भ्याक्सिन ल्याउन सक्छौं र !’ सूजीले भने, ‘यदि अस्पतालले अन्तिममा आफुले सक्दैन भन्नु भन्दा समयमै भनेको भए हामीले केही उपाय गथ्र्यौं।

यो अस्पतालले हामीलाई उपचारको अभावमा अस्पतालकै वेडमा मार्न खोजेको महसुस भईरहेको छ। लक्ष्मीको मंगलबार १२ बजे हातको अप्रेशन भएपछि अवस्था सामान्य रहेको सूजीले जानकारी दिए।

यता, प्रदेश अस्पताल स्रोत यसबारे सम्पर्कविहीन बनेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्कासँग पटकपटक गरिएको टेलिफोन सम्पर्कमा फोन नउठ्दा अस्पताल यसबारे सम्पर्कविहीन बनेको हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...