News Portal

एनआरएन मकाउ महिला मञ्चद्वारा तीज कार्यक्रम २०२० भव्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
९९४ पटक
२०७७ भाद्र १, सोमवार

मकाउ – गैरआवासीय नेपाली संघ “महिला मञ्च” मकाउद्वारा आयोजित तीज २०२० कार्यक्रम गैरआवासीय नेपाली संघ महिला मञ्चकी संयोजक सर्मिला राईको अध्यक्षतामा तीज विशेष २०२० भव्यताका साथ सम्पन्न भएको छ।

आयोजित कार्यक्रमको स्वागत मन्तव्य शुसिला राईले दिएकी थिईन भने गैरआवासीय नेपाली संघ आइसीसी सदस्य तथा पुर्व अध्यक्ष शान्तिदेवी अधिकारीले तीज विशेष आफ्नो धारणा राखेकी थिइन।

त्यस्तै, नेपाली सहयोगी हातहरु, मकाउका संयोजक निर्मला थापा मगरले तीजको शुभकामना मन्यतव्य दिएकी थिइन भने आगामी अगष्ट २० तारिख बिहिवार “नेपाली सहयोगी हातहरु, मकाउले आयोजना गर्न लागेको तीज कार्यक्रममा समेत D-2 मकाउमा तीज विशेष कार्यक्रम २०२० रहेको हुदा सहभागिताको लागि सम्पूर्णमा महिला दिदि बहिनीहरुमा उपस्थितिको लागि विशेष अनुरोध गरेकी थिइ।

आयोजित कार्यक्रमका संयोजक सर्मिला राईले उपस्थित सम्पूर्ण महिला दिदि बहिनीहरुमा तीज विशेष २०२० शुभकामना दिएकी थिइन भने  कृष्ण शेम्पा याम्फु राईले आयोजित कार्यक्रम संचालन गरेको थिए। 

आयोजित कार्यक्रममा भाग्य, सिमा र ममता लगायदका कालाकारहरुले कार्यक्रममा चेली माईतीको बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरेकी थिइन। त्यस्तै, गैरआवासीय नेपाली संधका सक्रिय सदस्यहरु शुसिला राई, रीता राई, संगिता रीजाल र विष्णु केसी लगायद आयोजित कार्यक्रममा सम्मान समेत गरिएको थियो। त्यस्तै, समाजसेवी गीता मगर शेर्पालाई पनि विशेष सम्मान गरिएको थिय।

प्रवासमा रहेका नेपाली समुदायले आफ्नो संस्कृति परम्परा अन्य समयमा जस्तै, यो महामारी कोभिड-१९ को समयमा समेत मकाउमा रहेको नेपाली दिदि बहिनीहरुले भव्य र सभ्य रुपमा तीज कार्यक्रम २०२० भव्यताका साथ आफ्ना मौलिक भेषभूषा सहित कार्यक्रममा सहभागी भएका नारीहरुले छमछमी नाच्दै भरपुर रमाईलो गरेका थिए।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...