News Portal

  • जनता आफैँले पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ – भट्टराई

    हिमाली संचार संवाददाता
    ३३४ पटक

    २०७७ साउन ३१, शनिबार
    गोरखा – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन्।

    गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि सचेत भएर लाग्नुपर्ने जोड दिएका हुन्।

    नागरिक समाज, राजनीतिक दलले पनि आफ्ना तर्फबाट सचेतता अपनाउँदै कोरोना सङ्क्रमणको रोकथामका निम्ति अभियान चलाउनुपर्छ, उनले भने, भारतमा तीव्र गतिमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको असर स्वतः हामीलाई पर्छ हामी अब सचेत हुनु जरुरी छ।

    उनले कोरोना सङ्क्रमणका लागि बिरामीको उपचार गर्न आवश्यक पर्ने औषधि, उपकरणलगायत सामग्रीको सरकारले तत्काल व्यवस्था गर्नुपर्ने बताए।

    क्वारेन्टिनको व्यापक व्यवस्थापन गर्नुपर्‍यो, बिरामीका निम्ती भेन्टिलेटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने जुन काम हुनुपर्ने थियो, त्यो काम भएको छैन, डा. भट्टराईले भने, त्यसका लागि सरकारले नियोजित र व्यवस्थित ढङ्गले काम गर्न सकेको छैन।

    उनले सरकारले समयमै सचेत ढङ्गले कोरोना रोकथामका लागि नलाग्ने हो भने स्थिति जटिल बन्दै जाने बताए।

    विश्वमा सबैभन्दा बढी सङ्क्रमित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्दै गएको पाइएकाले उनले त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्ने भएकाले बेलैमा सबै सतर्क हुनुपर्ने उल्लेख गरे। डा.भट्टराईले आजै एक कार्यक्रमबीच गोरखा अस्पताललाई रगत परीक्षण गर्ने प्रयोशाला मेसिन हस्तान्तरण गरेका छन्।

    उनले चीनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त प्रयोगशाला मेसिन अस्पताल सञ्चालका समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गरेका हुन्। करीब ७ लाख रुपैयाँ पर्ने उक्त उपकरणले एकै पटकमा ३६ वटा नमूना परीक्षण गर्न सक्ने अस्पतालले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...

    दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

    सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या...

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...