News Portal

नेपाल ट्रेड युनियन महासंघको मजदुर युवा कमिटी सुदुरपश्चिम प्रदेशको भेला अत्तरियामा सम्पन्न

हिमाली संचार संवाददाता
५२४ पटक

२०७७ साउन २१, बुधबार
प्रकाश योगी/कैलाली – अखिल नेपाल ट्रेड युनियन महासंघ मजदुर युवा कमिटी सुदुरपश्चिम प्रदेशको पहिलो भेला आज अत्तरिया कैलालीको होटेल नमस्तेको सभा हलमा सम्पन्न भएको छ।

संसारका मजदुरहरु एक हौऔ भन्ने मुल नारा बोकेर सुरु भएको कार्यक्रमको सभा अध्यक्ष मजदुर युवा कमिटि सुप प्रदेश संयोजक उपेन्द्र ठकुराठी प्रमुख अतिथिमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सचिब सुप इन्चार्ज नरहरी नाथ योगी अतिथीमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जगदिश सेटी बम बहादुर कठायत रहनु भएको थियो।

कार्यक्रमको सन्चालन ट्रेड युनियन महासंघका जिल्ला सचिब मुकेस रैकाले गर्नु भएको थियो। अब युवा मजदुरहरु एकजुट नभए परिबर्तन असम्भव रहेकोले अब युवा मजदुरहरु एकजुट हुन पर्नेबेला भएको महासंघका केन्द्रीय सदस्य जगदिश सेटिले मन्तब्यका क्रममा भन्नूभयो।

उहाँले थप्दै भन्नू भयो ठुला कलकारखानाका मालिकले मजदुरले पाउने तोकिएको पारिश्रमिक पनि नदिने भएकाले अब तेस्ता कम्पनीहरुलाई युवाले नै कार्बाही गर्नुपर्ने जिकिर गर्नुभयो।

यस्तै मन्तब्यका क्रममा प्रमुख अतिथी अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिब सुप इन्चार्ज नरहरी नाथ योगिले संगठन बिस्तारका बारेमा बोल्दै युवा मजदुरहरुको पैसा खाने ठेकेदार पैसा कम दिने कम्पनी कल कारखानाहरुलाई युवाले नै ठिक ठाउँमा राख्नु पर्ने भनाइ राख्नु भएको थियो।

उक्त भेलाले उपेन्द्र ठकुराठीको अध्यक्षतामा २९ सदस्यीय सुप मजदुर युवा कमिटी पनि सर्बसम्मत रुपमा चयन गरेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...