News Portal

आदिवासी जनजाती महासंघ कुवेतले २६ औ विश्व आदिबासी दिवस मनाउने

हिमाली संचार संवाददाता
४१० पटक

कुबेत – पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व  आदिवासी दिबस यही आउदो अगष्ट ७ तारिख २०२०,शुक्रबार दिन स्थानिय समय अनुसार दिनको ठीक १ बजे प्रमुख अतिथी, केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख,श्री गोबिन्द छ्न्त्यालको साथ जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिवासी दिबस मनाईने जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राईले जानकारी दिएका छन।

 

विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले मनाउदै आएको छौ। यसपाली भने बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसले गर्दा कुनै पनि सामुहिक भेला,सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्था भएकोले कुबेत सरकारको नियमलाई पालन गर्दै जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिबासी दिवस मनाउने भएको छ।

विश्व आदिवासी दिवस अगष्ट ९ तारिख परेता पनि यहाँको परिस्थिति अनुकुल भएकोले अगष्ट ७ तारिख शुक्रबारको दिन कार्यक्रम गर्ने निर्णय भएको हो,नेपाल आदिवासी जनजाति महासंघ कुबेतको मुल आयोजनामा, महासंघमा आबद्ध जातीय संघ संस्थाहरु तमू समाज कुबेत,तमू प्ये ल्हु संघ कुवेत, नेपाल मगर संघ शाखा कुबेत,नेपाल तामाङ घेदुङ कुवैत,किरात राई यायोक्खा शाखा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत, नेवा:गूठी कुवेत,सुनुवार सेवा समाज कुबेत,८ सँस्था महासंघमा आबद्ध छन। यस जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा सहभागी भैदिनु हुन कुबेतको सम्पूर्ण आदिबासी दाजु भाई तथा दिदी बहिनीहरु लाई नेपाल आदिबासी महासंघ कुबेत हार्दिक अनुरोध गर्दाछ।

कार्यक्रमको विवरण

मिति : अगष्ट २०२० शुक्रबार

समय : दिनको ठिक :00 बजे

जुम भर्चुअल भिडियोकन्फ्रेस

आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा

 

 

प्रतिकृया दिनुहोस्

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...