News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज जनैपूर्णिमा : रक्षाबन्धन, क्वाटी खाने दिन

    हिमाली संचार संवाददाता
    ५०४ पटक
    २०७७ साउन १९, सोमवार

    आज जनैरूर्णिमा, जनैपूर्णिमा धागो र बन्धनको चाड हो। धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन। ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ।

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी तथा गुंपुन्हि पर्व यसपाली कोरोना कहरलाई चुनौती दिन तातो तागतिलो रोग प्रतिरोधात्मक क्षमता बढाउने “एन्टी अक्सिडेन्ट” युक्त क्वाँटी अर्थात् “पूर्ण प्रोटिन” शक्तिवर्धक पौष्टिक आहार ग्रहण गर्नुका साथै ब्रह्मसूत्र जनै तथा रक्षाबन्धन धारण गरि कोरोना संग जुध्न शारिरिक एवम् मानसिक रूपमा तन्दुरुस्त हुन जनैपूर्णिमा भव्यताका साथ मुलुकभर मनाइ रहेका छन।

    ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमाका दिन विशेष विधिले नदि तलाउमा गई कुश, अपमार्ग, दुवो, गाईको गोबर, तुलसीको माटो, खरानी इत्यादि शरीरमा लगाई आन्हिक सूत्रावलीबाट महासंकल्प वाचनपछि देह शुद्ध गरेर ललाटमा त्रिपुण्ड धारण गरि सूर्योपस्थान गर्ने गरिन्छ। तत्पश्चात ब्रह्मसूत्र तथा रक्षाबन्धनलाई रूद्राभिषेक गरि पुरानो जनै त्यागी नयाँ अभिमन्त्रित यज्ञोपवीत धारण गर्ने गरिन्छ।

    यसरी मन्त्रेको जनैमा ६ वटा काँचो धागो हुन्छ जसमा दुई बेग्लै बेग्लै शिखा पारिएको हुन्छ, ती मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानयोग मानिन्छ। आजकै दिन सप्तऋषिहरु- काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ त्यसैले आजको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको हो।

    यज्ञोपवीत धारणन्त्रः 

    “यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
    आयुष्यमग्रं प्रतिमुंच शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।”
    यज्ञोपवीत खोल्ने मन्त्रः
    एतावद्दिन पर्यन्तं ब्रह्म त्वं धारितं मया।जीर्णत्वात्वत्परित्यागो गच्छ सूत्र यथा सुखम्।।

    सत्ययुगमा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग सम्बन्धित रक्षाबन्धनलाई ब्राह्मण पुरोहितहरुले

    “येन बद्धो बलिःराजा दानवेन्द्रो महाबल
    तेनः त्वां प्रतिबध्नामी रक्ष माचल माचल”

    भनी यजमानको नाडीमा रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । त्यस्तै, आज रक्षाबन्धनमा बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाईलाई फुल उनेर फुल वा पुच्छरमा बेरीदिनाले पूण्य प्राप्त हुने जनविश्वास रहेको छ।

    नेपालको तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइका दाहिने हातको नाडिमा दिर्घायू र सफलताको कामना गर्दै राखी बाँधेर मनाउने चलन रहेको छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध अझ प्रगाढ हुन्छ भन्ने धार्मिक विश्वास समेत रहेको छ।

    “क्वाति खाने दिन 

    जनै पूर्णिमाको विशेषता “क्वाँटी” फरक फरक ९ थरिका (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गेडागुडीको मिश्रणबाट तयार पारिन्छ। नेपालभाषामा क्वातिको शाब्दिक अर्थ, ‘क्वाः’ भनेको तातो परिकार र ‘ति’ भनेको झोल हो। त्यसैले “क्वाति” भनेको झोलिलो परिकार सिद्ध हुन्छ। आजको दिनलाई नेपालभाषामा “गुंपुन्हि” पनि भनिन्छ अर्थात् “गुंला महिनाको पुन्हि” भनेर नेवारी समुदायले यस पर्व मनाउने प्रचलन रहेको।

    क्वाटी बनाउने विधि:

    स्वादिष्ट क्वाँटी बनाउने विधि: भाडा ताते पस्चात तेल राखेर ज्वानो फुराई अनी तेजपाती र काटेको प्याजलाई रातो पारि पिसेको अदुवा लसुन पनि राखेर एकैछिन भुट्नुहोला र भिजाएको क्वाटी पनि राखी राम्रोसँग चलाई केहीबेरको भुटाई पछि बेसार, जिरा धनीयाको धुलो, खुर्सानी, ल्वाङ सुकमेल, नुन तथा गोलभेडा राखी केहि भुटिएपछि चाहिदो पानी रखेर बिर्को लगाइ ३ देखि ४ सिठ्ठी लगाउनुहोस्। अन्त्यमा बिर्को खोली माथिबाट हरियो धनीया रखी सजानुहोस्। ल हेर्नुहोस् त ! तपाईको मिठ्ठो क्वाँटी खानको लागि तयार भयो।

    “संस्कृत दिवस

    संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ।

    ५ हजार वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।

    संस्कृत भाषामा रचीत ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्याउने उद्देश्यले तेस्रो विश्व संस्कृत दिवस आज जनैपुर्णिमाको मनाइँदै छ । विगत तीन वर्षदेखि “जरो किलो प्रतिष्ठान नेपालले ” प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन “विश्व संस्कृत दिवस” मनाउन थालेको हो । 

    प्रतिकृया दिनुहोस्

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...