News Portal

केपी ओली प्रतिगामी : गृहमन्त्री बादल

हिमाली संचार संवाददाता
६३१ पटक

२०७७ साउन १७, शनिबार
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहको भेलाले प्रधानमन्त्री केपी ओली र उनको समूह प्रतिगामी भएको निष्कर्ष निकालेको छ।

थापा समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले ओली समूह प्रतिगामी भएको निष्कर्ष निकालेको हो।

नेकपाभित्रको विवाद चर्किंदै जाँदा गृहमन्त्री थापाले पार्टी विवाद कसरी समाधान गर्ने ? भन्ने विषयमा केन्द्रित रहेर आफूनिकट नेताहरुसँग परामर्श गरेका थिए।

बैठकमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य लगायतका बहुमत नेताहरुले केपी ओली र उनको समूहमा प्रतिगामी सोंच हावी रहेको बताएका थिए।

नेताहरुले पूर्वमाओवादी समूहलाई कमजोर बनाएर जनयुद्धको औचित्य समाप्त पार्ने खेल भइरहेकोतर्फ गृहमन्त्री थापालाई सचेत गरेका थिए।

भेलामा बोल्दै नेता देव गुरुङले ओली समूह प्रतिगामी र प्रचण्ड नेपाल समूह यथास्थितिवादी रहेको धारणा सुनाएका थिए। गुरुङले प्रतिगामी समूहसँग मिलेर क्रान्तिका उपलब्धी जोगाउन नसक्ने मत राखेका थिए।

भेलामा पार्टी एकता संकटमा परेको भन्दै आ-आफ्नो ठाउँबाट जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो।

गृहमन्त्री थापाले ओलीसँग वैचारिक र कार्यशैलीका दृष्टिले धेरै बिमति रहे पनि पार्टी एकताको रक्षाका निम्ति आफू लचक भएको धारणा राखेको एक नेताले बताए।

भेलामा पार्टी एकतालाई रक्षा गर्न भूमिका खेल्ने र पार्टी एकता बचाउन नसक्ने परिस्थितिमा प्रचण्ड नेपाल समूहलाई साथ दिने गरी छलफल भएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...