News Portal

पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश

हिमाली संचार संवाददाता
५४८ पटक

२०७७ साउन १२, मंगलबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराएका छन्।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा देउवाले पूर्वमन्त्री समेत रहेका थापालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्।

थापासँगै राप्रपाका केन्द्रीय नेता र जिल्लास्तरीय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेशका क्रममा थापाले लोकतान्त्रिक शक्ति कांग्रेसको सिद्धान्त आफूलाई मन परेको बताए।

उनले कांग्रेसमा आफू कसैको भाग खोस्न नआएको बताएका छन्। पूर्वमन्त्री थापा राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका छन्। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...