News Portal

पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश

हिमाली संचार संवाददाता
४९४ पटक

२०७७ साउन १२, मंगलबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराएका छन्।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा देउवाले पूर्वमन्त्री समेत रहेका थापालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्।

थापासँगै राप्रपाका केन्द्रीय नेता र जिल्लास्तरीय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेशका क्रममा थापाले लोकतान्त्रिक शक्ति कांग्रेसको सिद्धान्त आफूलाई मन परेको बताए।

उनले कांग्रेसमा आफू कसैको भाग खोस्न नआएको बताएका छन्। पूर्वमन्त्री थापा राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका छन्। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...