News Portal

काँग्रेस सुर्खेतले नयाँ क्रियाशिल सदस्यता र नविकरण गर्ने

हिमाली संचार संवाददाता
५६६ पटक

२०७७ साउन ५, सोमबार
सुर्खेत – नेपाली काँग्रेस सुर्खेतले क्षेत्र, प्रदेश, नगरहुदै वडासम्म नयाँ क्रियाशिल सदस्यता र नविकरण गर्ने निर्णय गरेको छ। आज बसेको जिल्ला कार्यसमितिको बैठकले केन्द्रको परिपत्रअनुसार सुर्खेतमा रहेका दुई वटा क्षेत्रका सभापति मार्फत नविकरण र नयाँ सदस्यता फारम भर्ने निर्णय गरेको हो।

क्षेत्रियकार्य समितिले प्रदेशलाई, प्रदेशले नगरलाई, नगरले वडा कार्यसमितिलाई नविकरण र नयाँ सदस्य फारम भर्ने काँग्रेसको व्यवस्था रहेको छ। आज जिल्ला कार्यसमितिले क्षेत्रलाई बुझाएको छ भने क्षेत्रले ३ दिन भित्र प्रदेशलाई बुझाँउने छ र नगरले वडालाई बुझाँउने छ।

भरेको फारम पुनः वडाहुँदै नगर, प्रदेश, क्षेत्रहुँदै जिल्लामा आएपछि अन्तिम निर्णय जिल्लाले गर्ने काँग्रेसको विधानमा व्यवस्था रहेको छ।

यसैबीच क्षेत्र नम्बर १ को भेरीगंगामा अन्य राजनितिकदलबाट आएकाहरुलाई विधानको दुरुपयोग गर्दै आफुनिकटका व्यक्तिलाई हालेको भन्दै कार्यसमितिका सदस्यहरुले आपत्ति जनाएका छन।

उनिहरुले अन्य राजनितिक दलबाट प्रवेश गरेकाहरुलाई क्रियाशिल सदस्य दिने प्रवाधानको व्यापक दुरुपयोग भएको भन्दै त्यसलार्इ सच्याउन माग गरेका छन।

भेरीगंगामा ३ सय ८ जनालाई अन्य राजनितिदलबाट आएको भनी क्रियाशिल सदस्य र अन्य विभिन्न पदको लागी सिफारीस गरिएको कार्यसमितिका सदस्यहरु बताएका छन।

उनिहरुले एउटा उदेश्यको लागी गरेको व्यवस्थालाई संगठलाई कब्जा गर्ने उदेश्यले दुरुपयोग गर्नु आपत्तिजनक भएको बताएका छन।

यस्तै काँग्रेसले कोरोना र बाढिपहिरोबाट देशभर भएको जनधनको क्षेतिप्रति दुख व्यक्त गर्दै क्षेति भएकाहरुको व्यवस्थापन गर्न सरकारको ध्यानआर्षण गराउने निर्णय गरेको छ।

सभापति कमलराज रेग्मीले कोरोना कारण सबैक्षेत्र अस्तव्यस्त तथा धरासयी भएको भन्दै सरकारले समयमै उचित व्यवस्थापन गर्न नसक्नु दुरभाग्य भएको बताउनु भयो।

उहाँले विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु सबैभन्दा बढि प्रभावित भएको भन्दै उनिहरुलार्इ परेको समस्या सम्बोधन गर्न सरकार गम्भिर नभएको आरोप लगाउनु भयो।

यस्तै भोली ३८ औ विपि स्मृति दिवसको अवसरमा वीरेन्द्रनगर-११ सुब्बाकुनामा वृक्षारोपन गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...