News Portal

हङकङमा थपिए कोरोना संक्रमित, १० जनाको मृत्यु

हिमाली संचार संवाददाता
५८५ पटक

२०७७ साउन १, बिहिबार
युवा राई/हङकङ – हङकङमा बिहिबार थप ६७ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

यो हङकङकै सर्वाधिक उच्च दैनिक संक्रमण हो। गत मार्च २७ तारिख संक्रमणको उच्च आंकडा ६५ रेकर्ड भएको थियो।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा.चुवाङ शुक वानले बिहिबारको न्युज ब्रिफिङमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकी हुन्।

यससंगै हङकङमा कोरोना संक्रमितको संख्या १,६५६ पुगेको छ। डा. शुक वानले यो तथ्यांक आगामी दिनमा अझै बढ्न सक्ने चेतावनी दिएकी छन्।

आयातित संक्रमित चार जना रहेका छन्। उनीहरु भारत, फिलिपिन्स र इन्डोनेशियाबाट हालै हङकङ फर्केका हुन्। संक्रमितमध्ये ४ जना आयातीत, २८ स्थानीय र बाँकी ३५ जनाको संक्रमणको स्रोत पत्ता लगाउन नसकेको जानकारी समेत दिएको हो।

कोरोना संक्रमितहरुमा १ हजार २ सय ५४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३ सय १९ जनाको उपचार भइरहेको छ। ६ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा हिजो बुधवार २ जनाको निधन भएको थियो। यससंगै हङकङमा कोरोनाबाट ज्यान गुमाउंनेको संख्या १० पुगेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...