News Portal

काँग्रेस जिल्ला कार्यसमितिको वैठक बसाल्न माग

हिमाली संचार संवाददाता
५९३ पटक

२०७७ असार २४ बुधबार
सुर्खेत – नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका पदाधिकारी तथा सदस्यहरुले समसामयिक विषयमा छलफलका लागि वैठक आह्वान माग गरेका छन्।

कोरोना महामारीको सन्दर्भमा जिल्ला कार्यसमितिको तर्फबाट भएका र गर्नुपर्ने गतिविधि, प्रदेश सरकारका गतिविधिमाथि निगरानी, पार्टीको जिल्ला स्तरीय समायोजन लगायतका विषयमा जानकारी दिन तथा छलफल गर्न पदाधिकारीहरुले वैठक आह्वानको माग गरेका हुन्।

जिल्ला कार्य समिति सचिवसहित ९ जना सदस्य, २ जना पदेन सदस्यले वैठक माग गर्दै सभापतिलाई पत्र बुझाएका छन्।

महामारी रोकथाम, प्रदेश सरकारका गतिविधमाथि निगरानीका विषयमा पार्टीको तर्फबाट हुनुपर्ने संस्थागत स्वामित्वका विषयमा बैठक बसी समिक्षा गर्न उनीहरुको माग छ।

पार्टीको १४ औं अधिवेशनको मिति तोकिएसँगै पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार जिल्ल्लाको समायोजनसहित क्रियाशिल सदस्यता प्राप्त गर्ने गरी केन्द्रमा जानुपर्ने भएका क्रियाकलाप, सदस्यता नविकरण तथा वितरणका विषयमा पनि बैठक बसी समितिलाई जानकारी गराउन माग गरिएको छ।

पार्टीको निर्देशन अनुसार अन्य दल त्याग गरी काँग्रेसमा प्रवेश गरेका व्यक्तिहरुको विवरण केन्द्रमा पठाउने विषयमा जिल्लाको नेतृत्वबाट बेवास्ता भएको भन्दै यसबारेमा जिल्ला कार्यसमितिको वैठक बसी कार्यान्वयन गर्ने निर्णय गर्न पनि पदाधिकारी तथा सदस्यहरुले सभापतिलाई ध्यानाकर्षण गराएका छन्।

जिल्ला कार्य समिति सचिव रावतसहित सदस्यहरु गोविन्द कोईराला, रामबहादुर सिंह, मानबहादुर बुढा, विरेन्द्र रावत, वागविर दमाई, निर्मला शाही, रुपेन्द्र यादव, भगे कामी, पूर्ण बहादुर राना, पदेन सदस्यहरु खड्ग बहादुर पोखरेल र लालविर भण्डारीले संयुक्त रुपमा वैठकको माग गर्दै सभापतिलाई पत्र बुझाएका हुन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...