News Portal

कुवेतमा अस्ताए अर्घाखाँचीका छबिलाल

हिमाली संचार संवाददाता
९०२ पटक

२०७७ असार १८, बिहिबार
खुम रायमाझी/कुवेत – कुवेतमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर – ८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना (कोभिड -१९)बाट मृत्यु भएको छ।

भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ा निवासी चुरामणि पाण्डे क्षेत्रिका ३४ बर्षीय छोरा छबिलाल पाण्डेको कुवेतको अलजाविर अस्पतालमा उपचारको क्रममा गत जुन ९ तारिखको मृत्यु भएको हो।

पाण्डेको ९ जुनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएतापनि सुचना बाहिर आउँन ढिलाई भएको कारण जुन ३० तारिख मंगलबार मात्र उनको कोरोनाबाट मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जानकारी पाएको थियो।

दुतावास कुवेतले मृत्युको खबर पाउन साथ् अलजाविर अस्पतालमा पुगी उनको कोरोनाबाटनै मृत्यु भएको हो भन्ने प्रामाणपत्र लिएको थियो।

मृतक पाण्डे केहि बर्ष यता देखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत थिए। उनको घरमा श्रीमती, एक छोरा र एक छोरी छन।

नेपाली राजुतावास कुवेतले जानकारी दिएअनुसार मृतक पाण्डेको शवलाई कुवेत सरकारको कानुनी प्रक्रिया अनुसार मृतकका घरपरिवारको स-कार्यमा जुलाई १ तारिख बुधबारको दिन अन्तिम दाहसंस्कार गरिएको छ,भने अन्य कानुनी प्रक्रियाको लागि नेपाली राजदुतावास कुवेतले पहल गरिरहेको बताएको छ।

पाण्डेको मृत्युको समाचार उनका घरपरिवार र भुनपा ८ का वडा अध्यक्षको स्वीकृतमा सम्प्रेषण गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...