News Portal

कुवेतमा अस्ताए अर्घाखाँचीका छबिलाल

हिमाली संचार संवाददाता
९६२ पटक

२०७७ असार १८, बिहिबार
खुम रायमाझी/कुवेत – कुवेतमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर – ८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना (कोभिड -१९)बाट मृत्यु भएको छ।

भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ा निवासी चुरामणि पाण्डे क्षेत्रिका ३४ बर्षीय छोरा छबिलाल पाण्डेको कुवेतको अलजाविर अस्पतालमा उपचारको क्रममा गत जुन ९ तारिखको मृत्यु भएको हो।

पाण्डेको ९ जुनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएतापनि सुचना बाहिर आउँन ढिलाई भएको कारण जुन ३० तारिख मंगलबार मात्र उनको कोरोनाबाट मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जानकारी पाएको थियो।

दुतावास कुवेतले मृत्युको खबर पाउन साथ् अलजाविर अस्पतालमा पुगी उनको कोरोनाबाटनै मृत्यु भएको हो भन्ने प्रामाणपत्र लिएको थियो।

मृतक पाण्डे केहि बर्ष यता देखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत थिए। उनको घरमा श्रीमती, एक छोरा र एक छोरी छन।

नेपाली राजुतावास कुवेतले जानकारी दिएअनुसार मृतक पाण्डेको शवलाई कुवेत सरकारको कानुनी प्रक्रिया अनुसार मृतकका घरपरिवारको स-कार्यमा जुलाई १ तारिख बुधबारको दिन अन्तिम दाहसंस्कार गरिएको छ,भने अन्य कानुनी प्रक्रियाको लागि नेपाली राजदुतावास कुवेतले पहल गरिरहेको बताएको छ।

पाण्डेको मृत्युको समाचार उनका घरपरिवार र भुनपा ८ का वडा अध्यक्षको स्वीकृतमा सम्प्रेषण गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...