News Portal

हङकङ-मकाउदेखि ८२ जना नेपालीहरु काठमाण्डौ उड्यो

एनएचएच मकाउले स्वास्थ्य सामाग्री निःशुल्क वितरण गरी विदाई

हिमाली संचार संवाददाता
८७२ पटक
२०७७ आषाढ १३,शनिवार

मकाउ । कोरोना भाईरसका कारण नेपाल फर्कन समस्या परेका नेपालीहरु हङकङदेखि १९ जना र मकाउदेखि ६३ जना यात्रु सहित ८२ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाईन्सका जहाज शनिबार बिहान काठमाण्डौका लागि विहान ३:४५ बजे उड्यो। मकाउदेखि नेपाल फर्कने नेपालीहरुलाई मकाउमा गठित “नेपाली सहयोगी हातहरु, मकाउ”ले स्वास्थ्य सामाग्री स्यानिटाइजर र मास्क निशुल्क उपलब्ध गराएर मकाउदेखि विदाई समेत गरेका छन्  ।

नेपाल एयरलाईन्सका जहान काठमाण्डौदेखि १ सय ५९ जना यात्रु मध्ये २ जना चिनिया नागरिक र बाक़ी १ सय ५७ हङकङका स्थायी बसोबास गर्ने नेपालीहरु हङकङ आएका नेपाली महाबाणिज्यदूताबास हङकङले बताएको हो । 

नेपालदेखि हङकङ र मकाउ-हङकङदेखि नेपाल जाने यात्रुहरुले १४ दिन कोभिड-१९ को आ आफ्ना नियम अनुसार क्वारेन्टिनमा रहने छन् । 

मकाउदेखि नेपाल फर्कन १ सय जना नेपालीले अनलाइन मार्फत आवेदन दिएको भए पनि ६३ जना नेपाली मात्र काठमाण्डौका लागि उडेका हुन । उनीहरुको मकाउमा जागीर सकिएका, विरामी र २ जना गर्भवती महिलासमेत रहेको एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले हिमाली संचार संग बताएका छन् । नेपाल सरकारले हङकङ काठमाण्डौ चार्टर्ड उडानको प्रतिव्यक्ति भाडा ५५० अमेरिकी डलर तोकेको भएपनि हङकङस्थित महावाणिज्य दुतावासले त्यसलाई ४५० डलर कायम गरेर आफ्ना पिडित नेपालीका लागि विशेष सहयोग गरेको पनि संधका अध्यक्षले बताए । उनका अनुसार काठमाडौं-हङकङ दोहोर उडानमै यात्रु भएकाले भाडा सस्तो पर्न गएको हो।

कोभिड-१९ को कारण नेपाल फर्कन समस्यामा परेका नेपालीका लागि ‘महावाणिज्य दूतावास हङकङ र एनआरएनए मकाउको संयोजनमा मकाउदेखि ६३ जना नेपाल फर्केका हुन, यसको सहजिकरण एनआरएन मकाउले पुर्व अध्यक्ष सुदर्शन थापा मगरलाई संयोजक तोकेर विपतमा परेका नेपालीहरुको उद्धार गरेका थिए । संयोजक थापा मगरका अनुसार नेपाल फर्केका नेपालीहरुको जहाज भाडा मकाउका आआफ्ना कम्पनीहरुले व्यहोरेका छन्। समस्या परेका नेपालीका लागि एयरलाईन्स भाडाको समस्या भएमा कारण सहित संधमा आवेदन दिन अनुरोध समेत गरेका थिए । 

मकाउमा जहाज ल्याउन समस्या भए पछि पानी जहाजमा चढेर करिब एक घण्टा हङकङ यात्रा गरेर हङकङबाट नेपाल एयरलाइन्सको चार्टर्ड विशेष जहाज चढेर काठमाण्डौका लागि व्यवस्था मिलाइएको थियो । मकाउ सरकार र नेपाली महावाणिज्य दूतावास हङकङको पहलमा उनीहरूलाई हङकङ प्रवेश गर्न निशुल्क भिसा व्यवस्था गरिएको थियो।

मकाउबाट ७८ जनाले नेपाल फर्कन दूतावासमा आवेदन दिएको भए पनि अन्तिम समयमा ६६ जनाले मात्रै आवश्यक कागजात जुटाएका थिए ।  तीमध्ये केही जना कोरोना परीक्षण नभएका कारण र अन्य व्यक्तिगत कारणले मकाउमै रोकिएका छन्।

त्यस्तै, नेप्लिज बडी बिल्डिङ एण्ड फिटनेश एसोसिएसन मकाउका अध्यक्ष श्रीजेन बाबा भाई, ब्रदर हुड एसोसिएसन मकाउका अध्यक्ष बम लिम्बु र लाली गुराँस एसोसिएसन हङकङका संयोजक चेतन गुरुङको पहलमा मकाउका व्यवसायी लेङ चीन तुङले सहयोग स्वरुप दिएको ५० हजार थान सर्जिकल मास्क सोही जहाजबाट नेपाल पठाइएको एनआरएन मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...