News Portal

संसदको अभिलेखबाट हिन्दी बोलेको हटाउन सर्वोच्चमा रिट

हिमाली संचार संवाददाता
४४७ पटक
२०७७ असार ७, आइतबार

काठमाडौं – संघीय संसदमा हिन्दी भाषामा बोलिएका रेकर्ड हटाउन र नेपाली भाषामा मात्रै बोल्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर हुने बाटो खुलेको छ ।  यसअघि सर्वोच्चका मुख्य रजिस्ट्रारले गरेको दरपीठ आज बदर भएपछि रिट दायर हुने भएको छ । मुख्य रजिस्ट्रारले दरपीठ गरेको आदेश न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बदर गरेपछि रिट दायर हुने भएको हो  ।

विधानको धारा ७ को १ मा सरकारी कामकाजको भाषा देवनागरी लिपीमा लेखिने नेपाली भाषा हुनेछ भनिएको र  संविधानको धारा १ को २  र धारा ४८ को ‘ख’ मा संविधान र कानुनको पालना गर्नु नागरिकको कर्तव्य हुनेछ भनिएकोले विधायकहरु संघीय संसद्का दुवै सदनमा बोल्ने सरकारी कामकाज कै लागि भएकोले संसदमा नेपाली भाषा बोल्नुपर्ने रिटमा जिकिर गरिएको छ ।

संसदमा बोलेको कुरा इतिहाससम्म अभिलेख हुने भएकोले नेपाली भाषा मात्र बोल्न माग गरिएको  छ । त्यस्तै यसअघि सांसदहरु सरिता गिरी र अमृता अग्रहरीले प्रतिनिधिसभाको बैठकमा बोलेको हिन्दी भाषा संसद्को अभिलेखबाट हटाउन समेत माग गरिएको छ ।

संविधानको धारा १३३ को उपधारा २, ३ बमोजिम उत्प्रेषणको आदेशले  हिन्दी भाषामा बोलिएको सामग्री हटाई बदर गरी नेपाली भाषा बोल्नु र बोलाउनु भनी संसदमा दुवै सदनका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।  आजको इजलासमा वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू अनन्तराज लुइँटेल, केशरजंग केसी, कमल कोइराला, सन्तोष भण्डारी, लोकेन्द्र ओली लगायतले बहस गरेका थिए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...