News Portal

चर्चा बटुल्दै झ्याउरे गीत “मेरो माया कता छ कुन्नि” (भिडियो सहित)

हिमाली संचार संवाददाता
२३९० पटक

काठमाडौं। वागेश्वरी म्युजिक प्रालिको उत्पादन तथा कमल सिम्ताली र डम्मर मल्ल ठकुरीको सयुक्त प्रस्तुतिमा रहेको “मेरो माया कता छ कुन्नि” झ्याउरे गीतले चर्चा बटुलिरहेको छ।

उक्त गीतमा गायक कमल बिसी माल्दाई र गायिका तुलसी घर्ती मगरले आवाज भरेका छन् भने लय/शब्द तपिकुमार सिंह ठकुरीको रहेको छ। चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा करिश्मा सिंह ठकुरी, सुश्मिता शाही ठकुरी, बिक्रम चौहान, कमल बिसी माल्दाई र सदिक्षा केसीले नृत्य तथा अभिनय गरेका छन्।

सो गीतको म्युजिक भिडियो छायांकन घनश्याम चौधरीले गरेका हुन् भने मिलन बिक र पदम सुवेदीद्वारा सम्पादन गरिएको हो। यो गीतको म्युजिक भिडियोलाई गायक बिसीकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रवासमा रहेका सिम्ताली र मल्लले आफ्नो जन्मभूमि सुर्खेतको सिम्तालाई सम्झेर मन भुलाउने माध्यम गीतसंगीत हुने भएकाले सो गीत ल्याईएको बताए।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस:

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...