News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • संसदमा प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न : विमस्टेकमा सैन्य अभ्यास किन ?

    हिमाली संचार संवाददाता
    ५६१ पटक

    काठमाडौं – मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको बंगालको खाडीको प्रयास (विमस्टेक) बैठकबारे जानकारी गराए । त्यस क्रममा उनले सम्मेलन सफल भएको दावी गरेका थिए ।

    तर विपक्षी सांसदहरुले भने विमस्टेक सम्मेलनमा विवादित सैन्य अभ्यासबारे सहमति गरिएको र रिट्रिट पनि तोकिएको ठाउँमा गर्न नसकेकोमा सरकारको आलोचना गरेका छन् ।

    कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले विमस्टेकको कुनै एजेण्डामा नै नभएको संयुक्त सैन्य अभ्यासबारेको निर्णयले नेपालीहरु सशंकित भएको बताए । ‘कुनै एजेण्डामा नै नभएको देशलाई गुमराहमा गरेर यस्तो निर्णय गर्दा नेपाली जनता सशंकित भएका छन्’ उनले भने ।

    कांग्रेस सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरे । ‘सम्मेलन आर्थिक र प्राविधिकको थियो । सैन्य अभ्यासको कुरा भयो’ उनले भने ‘आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने प्रधानमन्त्री बनाएको ? अब बुझाइदिनुहुन्छ होला नि बहुपक्षीय आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?’

    सांसद भरतकुमार शाहले गोकर्ण रिसोर्टमा रिट्रिट गर्ने भनेको बाटो बनाउन नसकेर सोल्टी होटलमा नै गर्नुपर्दा सरकारको सामर्थ्य देखिएको भनी व्यंग्य गरे । उनले थपे ‘राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रम सोल्टीमा गरियो त्यहाँ सरकारको सामर्थ्य देखिएन र ?’

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...