News Portal

रामु शर्माको वास्तविक तीज गीत सार्बजनिक’ सफल हुनेमा सम्बन्धित कलाकार ढुक्क (भिडियो सहित)

हिमालीसञ्चार संवाददाता
७५४ पटक

राजु बोहरा/काठमाडौँ – नेपालि लोक तथा दोहोरी गीत संगीतको सेरोफेरो भित्रको अर्को सांगीतिक स्वादको पाटो पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाइ लक्षित गर्दै धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएको धेरै गीतहरु मात्र ब्यवासाहिक रुपमा सफल बनाउनका लागि तयार गरिएका हुन्छन् । जसको कारणले मौलिक तीज गीतको स्वाद अशंख्य श्रोता तथा दर्शकहरुले लिन नपाएका हुन् कि भन्ने चौतर्फी रुपमा गुनासोहरु बेला बखत आउने गर्दछन । यसै गुनासोलाई मध्यनजर राख्दै पछिल्लो पटक लोकप्रिय संगीत प्रालिले “तिजैमा माइत” बोलको गीत सार्बजनिक गरेको छ ।

बर्ष दिनको महान चाड तीजमा सम्पूर्ण चेलीहरुलाई वास्तविक तीज गीत मार्फत आनन्दको अनुभूति गराउनका लागि प्रस्तुत गरिएको यस गीतलाई रामु शर्माको नाममा बजारमा पठाईएको हो । तीज गीतको नाममा ब्यवासाहिक रुपमा मात्र सफल बनाउन धेरै गीतहरु बजारमा आइरहेको अहिलेको अवस्थामा यस गीत संग समन्धित कलाकारहरु सफल हुनेमा ढुक्क रहेको छ । यस गीतमा राधिका हमाल र रामु शर्मा सुमधुर स्वर रहेको छ । गीतलाई लय तथा शब्द सिर्जना गोपाल सापकोटाले गरेका छन् । मौलिक घेरालाई केन्द्रित गर्दै तयार पारिएको यस गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामाना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...