News Portal

कोरोना न्यूनीकरणमा जुध्दै रतुवामाइका मेयर राई

हिमाली संचार संवाददाता
५२५ पटक
२०७७ जेष्ठ २१, बुधवार

रतुवामाइ – ‘एउटाले फोन गरेर कोरोना लागेको मान्छेहरु भारतबाट आउदैछ्न रे भन्छ, अर्कोले फोन गरेर हामी गाउ आउन पाइनौ भन्छन। रातभरि फोन आएर झिपिक्क गर्न पाईंदैन’, रतुवामाइ नगरपालिका प्रमुख रबिन राइले आफ्नो दैनिकी सुनाउँदै भन्नुभयो।

देशमा कोरोना संक्रमण फैलिएपछि स्थानीय तहका जनप्रतिनिधिको व्यस्तता ह्वात्तै बढेको छ। ‘कहिले काहीँ त पानी पिउने फुर्सद पनि हुँदैन’, नगरप्रमुख राइले भन्नुभयो।

रतुवामाइ नगरपालिका भारतिय सिमानासंग नजिक रहेको नगर हो। भारतबाट विभिन्न नाकाबाट नेपाल आउनेहरु रतुवामाइ नगरपालिकामा भित्रने गर्छन्। भारतबाट आउनेहरुको ब्यबस्थापन गर्न निक्कै कठिन हुने गरेको नगरप्रमुख राइले बताउनुभयो।

एकातिर आफ्नै पालिकामा क्वारेन्टाइन र अर्काेतिर नगरपालिकाको आउने आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माण, त्यसमाथि जिल्लाका अन्य पालिका र बाहिरी जिल्लाका मानिसलाई गन्तव्यमा पठाउने, यी सबै कामले नगरप्रमुख राइको ज्वरो बढेको छ।

‘बढी दौडधुपले ज्वरो नै बढेछ, फोन आको आइ गर्छ, उहाले भन्नुभयो, जिम्मेवारी लिएको मान्छेले जनताको सेवामा ब्याक हुने कुरो हुदैन। तर कामको प्रेसर निक्कै बढि छ।

कुनै पनि बेला ब्यापक संक्रमण देखिन सक्ने भएकोले नगरपालिका जनप्रतिनिधिहरु न्यूनीकरणमा जुटेका छन। ‘हामीसँग दुःख सुख क्वारेन्टिन छन्, बिदेसबाट र अन्यत्रबाट आएका मानिसहरु सम्पर्कमा आए काम गर्न सहज हुन्छ , राइले भन्नुभयो , भागेर त बिपत्ति निम्तिन्छ , कोरोनाबाट बच्नु हामी सबैको भलाइ हो।

क्वारेन्टाइन र क्वारेन्टाइनमा बस्ने मानिसको व्यवस्थापन पनि स्थानीय सरकारलाई चुनौती बनेको छ। पहिलो त समुदायको आसपासमा क्वारेन्टाइन राख्दा विरोध आउँछ। बल्लबल्ल क्वारेन्टाइन बनायो त्यहीँ बस्‍नेबीच पनि विवाद सुरु हुन्‍छ।

‘पहिला बसेकाले नयाँ आउनेलाई उसको कोठामा पस्नै नदिने, भारतबाट आउनेलाई नेपालबाट आउनेलेसँगै बस्न नदिने, कति हुन् कति समस्या पनि’, आफूले भोगेका अनुभव राइले सुनाउनु भयो।

कतिपयले क्वारेन्टाइनमा बस्नेलाई सहयोग गर्न समेत आनाकानी गर्ने गरेको नगरप्रमुख राइको अनुभव छ। यो महासंकट भएकाले कुनै एकको प्रयासले मात्र जुध्न नसक्ने राइको भनाई छ।

म जनप्रतिनिधि मेरो दायित्व केही बढी छ, तर यसमा हरेक संस्था, समूह र व्यक्तिकै योगदान आवश्यक छ’, राइले भन्नुभयो। व्यवस्थापनको काममा रातदिन खटि रहनुभएका प्रमुख राइलाई कतिपय बेलामा जिम्मेबार व्‍यक्तिले नै अयसहयोग गरेकोमा चित्त दुखेकाे छ।

‘क्वारेन्टाइन बनाउन लाग्यो विरोध, बसमा आफ्नो नगरबासी अन्यत्रबाट ल्यायो बिरोध, माहामारिको मौका छोपेर गरेको अतिक्रमण रोक्यो बिरोध, सबै लाग्नु पर्ने यस्तो बेलामा ठाउँठाउँमा आफ्नै जिम्मेवार मानिसलै नै अवरोध गर्छन्, यसो भयो भने यो संकट कसरी पार लगाउन सकिन्छ ?’ उहाँको प्रश्न छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...