News Portal

धादिङकाे किसानलाई मलको चिन्ता

हिमाली संचार संवाददाता
४०५ पटक
२०७७ जेठ १५, बिहीबार

धादिङ -धादिङबेसी स्थित जिल्लाका कारागार अगाडी नीलकण्ठ सहकारीको कार्यालय परिषरमा बुधबार बिहानै किसानहरु हातमा लाम्लो/बोरा लिएर खचाखच थिए ।

उनीहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुनै प्रवाह थिएन, कसरी रासायनिक मल लैजाने, पाईएला-नपार्ईएला भन्ने चिन्ताका साथ उनीहरु भिडमा हराई रहेका थिए ।

धादिङबेसीमा रहेको नीलकण्ठ सहकारीले रासायनिक मल वितरण गर्ने जानकारी पाएपछि बुधबार किसानहरु सहकारीको कार्यालय अगाडी बाक्लो भिड थियो । भिड नियत्रण गर्न र कोरोना भाईरसबाट बच्न प्रहरीले माईकिङ् गर्दै सामाजिक दुरी कायम राख्न आग्रह समेत गर्नु परेको थियो

करिब २५ सय बोरा मलको माग छ, तर अहिले सम्म कृषि सामग्री कम्पनी शाखा कार्यालय गजुरीले अत्यन्तै न्यून मात्रामा मल पठाएकाले किसानहरुलाई मल वितरणमा समस्या परेको अध्यक्ष बलराम श्रेष्ठले बताउँछन् ।

कृषि सामग्री कम्पनी कम्पनीले सहकारीलाई युरिया मल प्रति बोरा ८ सय १७, डिएपि मल प्रति बोरा २२ सय ६७ र पोटास प्रति बोरा १६ सय ६६ मा विक्री गरेता पनि नीलकण्ठ सहकारीले युरिया मल प्रतिबोरा १ हजारमा बेचेको छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...