News Portal

बजेटबारे बालुवाटारमा बैठक

हिमाली संचार संवाददाता
३८१ पटक
२०७७ जेठ १५, बिहीबार

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा २०७७/७८ को बजेट पास गर्न लगातार दुई बैठक बस्ने भएका छन् ।

बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ ।      लगत्तै २ बजे मन्त्रीपरिषदको बैठक बसेर बजेटकोबारे निर्णय गर्ने तय भएको छ । यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बजेटको ब्रिफिङबारे तय भइसकेको छैन ।

अघिल्ला वर्षहरुमा राष्ट्रपतिलाई बजेट पेस गर्ने एक दिनअघि अर्थमन्त्रीले ‘ब्रिफिङ’ गर्ने गरिएको थियो । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार बजेटको ब्रिफिङ भनेर अर्थमन्त्रीले अहिलेसम्म समय लिएका छैनन् । बजेटबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्नैपर्ने अनिवार्य व्यवस्था पनि छैन ।

अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना, कृषिमा यान्त्रीकरण, प्रविधिमा नयाँ कार्यक्रमका साथ बजेट आउने अपेक्षा गरिएको छ । जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार आज दिउँसो ४ बजे खतिवडाले राष्ट्रिय सभा र प्रतिनिधि सभाको सयुक्त बैठकमा बजेट वक्तव्य पेश गर्दै छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...