News Portal

बजेटबारे बालुवाटारमा बैठक

हिमाली संचार संवाददाता
३३१ पटक
२०७७ जेठ १५, बिहीबार

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा २०७७/७८ को बजेट पास गर्न लगातार दुई बैठक बस्ने भएका छन् ।

बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ ।      लगत्तै २ बजे मन्त्रीपरिषदको बैठक बसेर बजेटकोबारे निर्णय गर्ने तय भएको छ । यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बजेटको ब्रिफिङबारे तय भइसकेको छैन ।

अघिल्ला वर्षहरुमा राष्ट्रपतिलाई बजेट पेस गर्ने एक दिनअघि अर्थमन्त्रीले ‘ब्रिफिङ’ गर्ने गरिएको थियो । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार बजेटको ब्रिफिङ भनेर अर्थमन्त्रीले अहिलेसम्म समय लिएका छैनन् । बजेटबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्नैपर्ने अनिवार्य व्यवस्था पनि छैन ।

अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना, कृषिमा यान्त्रीकरण, प्रविधिमा नयाँ कार्यक्रमका साथ बजेट आउने अपेक्षा गरिएको छ । जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार आज दिउँसो ४ बजे खतिवडाले राष्ट्रिय सभा र प्रतिनिधि सभाको सयुक्त बैठकमा बजेट वक्तव्य पेश गर्दै छन् ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...