News Portal

लकडाउनमा यात्रा गर्दा सांसद भट्टराईको आलोचना सामाजिक संजालमा

हिमाली संचार संवाददाता
३५७ पटक
२०७७ जेठ १० शनिबार

खोटाङ – विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लक डाउनका समयमा यात्रा गरेको भन्दै खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईको आलोचना गरिएको छ ।लकडाउनमा किन नियम किन पालना गरेन त?
सांसद भट्टराईले भनेर सामाजिक संजालमा सबैले अालाेचना गरेका छन ।

बुधबार काठमाडौंबाट खोटाङ आएका संसद भट्टराईले लक डाउन उल्लङ्घन गरेको भन्दै सामाजिक संजालमा आलोचना भएको हो ।
लक डाउनका कारण लाखौं मानिस अलपत्र र विचल्नीमा परेको तथा लक डाउन उल्लङ्घन गर्नेलाई कारवाही भइरहेको समयमा भट्टराई जिल्ला आएपछि सामाजिक संजाल फेसबुकमार्फत जिल्लावासीले विरोध जनाएका हुन् ।

कतिपयले भट्टराईलाई तत्काल क्वारेन्टिनमा राख्न माग गरेका छन् । सर्वसाधरणदेखी आफ्नै पार्टी नेकपाका पूर्व तथा वर्तमान सांसद समेतले उक्त कार्यको व्यङग्य तथा आलोचना गरेका छन् ।

बन्दाबन्दीका कारण हजारौं मानिसलाई जिल्ला फर्कन अवरोध गरिएको समयमा भट्टराई जिल्ला आउनु गलत भएको कतिपयको विश्लेषण छ । भट्टराईलाई तत्काल क्वारेन्टिनमा राखिनुपर्ने उनीहरुको सुझाव छ ।

पहुँच नभएका सर्वसाधरण बिजोगमा हुँदा पनि सुरक्षित तवरबाट घर आउन नपाइरहेको अवस्थामा भट्टराई विषम परिस्थितिको ख्याल नगरिकन सामाजिक संजाल र फोटो खिचाउनकै लागि जिल्ला आएको जस्ता कुरा सामाजिक संजालमा लेखिएका छन् ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोरोना भाइरस रोकथामका लागि जिल्ला अस्पताल खोटाङलाई आवश्यक सामग्री उपलव्ध गराएसँगै ति सामग्री लिएर भट्टराई सदरमुकाम दिक्तेल आएका थिए ।

स्वास्थ्य सेवा विभागले अस्पताललाई ५०० थान आरडिटि किट, ५०० थान पिसिआर किट, ५० थान पिपिइ, २० थान थर्मल गन, ५० थान सुकभर, ३० थान सेफ्टी चस्मा, ५० थान सर्जिकल क्याप, २० थान फेस सिल्ड, ५० थान केएन नाएन्टीफाईब मास्क, एक हजार थान नर्मल मास्क, १०० थान ग्लोब्स र स्यानिटाइजर १६ लिटर उपलब्ध गराएको थियो ।

स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका एक युवाका कोरोना भाइरस पुष्टि भएपछि नाका सिल गरिनुका साथै जिल्ला भित्र कडाई गरिएको छ। ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...