News Portal

लकडाउनमा यात्रा गर्दा सांसद भट्टराईको आलोचना सामाजिक संजालमा

हिमाली संचार संवाददाता
३४१ पटक
२०७७ जेठ १० शनिबार

खोटाङ – विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लक डाउनका समयमा यात्रा गरेको भन्दै खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईको आलोचना गरिएको छ ।लकडाउनमा किन नियम किन पालना गरेन त?
सांसद भट्टराईले भनेर सामाजिक संजालमा सबैले अालाेचना गरेका छन ।

बुधबार काठमाडौंबाट खोटाङ आएका संसद भट्टराईले लक डाउन उल्लङ्घन गरेको भन्दै सामाजिक संजालमा आलोचना भएको हो ।
लक डाउनका कारण लाखौं मानिस अलपत्र र विचल्नीमा परेको तथा लक डाउन उल्लङ्घन गर्नेलाई कारवाही भइरहेको समयमा भट्टराई जिल्ला आएपछि सामाजिक संजाल फेसबुकमार्फत जिल्लावासीले विरोध जनाएका हुन् ।

कतिपयले भट्टराईलाई तत्काल क्वारेन्टिनमा राख्न माग गरेका छन् । सर्वसाधरणदेखी आफ्नै पार्टी नेकपाका पूर्व तथा वर्तमान सांसद समेतले उक्त कार्यको व्यङग्य तथा आलोचना गरेका छन् ।

बन्दाबन्दीका कारण हजारौं मानिसलाई जिल्ला फर्कन अवरोध गरिएको समयमा भट्टराई जिल्ला आउनु गलत भएको कतिपयको विश्लेषण छ । भट्टराईलाई तत्काल क्वारेन्टिनमा राखिनुपर्ने उनीहरुको सुझाव छ ।

पहुँच नभएका सर्वसाधरण बिजोगमा हुँदा पनि सुरक्षित तवरबाट घर आउन नपाइरहेको अवस्थामा भट्टराई विषम परिस्थितिको ख्याल नगरिकन सामाजिक संजाल र फोटो खिचाउनकै लागि जिल्ला आएको जस्ता कुरा सामाजिक संजालमा लेखिएका छन् ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोरोना भाइरस रोकथामका लागि जिल्ला अस्पताल खोटाङलाई आवश्यक सामग्री उपलव्ध गराएसँगै ति सामग्री लिएर भट्टराई सदरमुकाम दिक्तेल आएका थिए ।

स्वास्थ्य सेवा विभागले अस्पताललाई ५०० थान आरडिटि किट, ५०० थान पिसिआर किट, ५० थान पिपिइ, २० थान थर्मल गन, ५० थान सुकभर, ३० थान सेफ्टी चस्मा, ५० थान सर्जिकल क्याप, २० थान फेस सिल्ड, ५० थान केएन नाएन्टीफाईब मास्क, एक हजार थान नर्मल मास्क, १०० थान ग्लोब्स र स्यानिटाइजर १६ लिटर उपलब्ध गराएको थियो ।

स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका एक युवाका कोरोना भाइरस पुष्टि भएपछि नाका सिल गरिनुका साथै जिल्ला भित्र कडाई गरिएको छ। ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...