News Portal

  • कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो: भारतका बरिष्ठ पत्रकार

    हिमाली संचार संवाददाता
    ४४२ पटक
    २०७७ जेठ १० शनिवार

    काठमाडौ – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने सबैलाई थाहाँ भैसक्यो । यी भूमिहरुमा भारतले जबरजस्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेर्न छोडेको छ । यो बीचमा नेपाल पनि एक्सनमा आएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको खुलासा गर्नुभएको छ ।

    भारतीय चर्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उहाँले यस्तो बताउनु भएको हो । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गर्नुभएको हो । उहाँले यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, कालापानी नेपालको हिस्सा हो ।

    सन् १९६२ मा चीनसँग यु–द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो । तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’ कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उहाँले खुलासा गर्नुभएको छ ।

    दुवै देशका सरकारले यसको समाधानका लागि वास्ता नगरेको भन्दै वार्तामा बसेर यसको समाधान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ यो मात्रै होईन भारतले आफ्नो रवैया सुधार नगरे नेपाल कतै ढल्किन सक्ने दावा पनि गर्नुभएको छ ।

    उहाँका अनुसार अहिले भारत नेपाल चीनतर्फ ढल्किरहेको अनुमान गरिरहेको छ । उहाँले भारतको रवैया यस्तै रहेमा नेपाल सहयोगका लागि चीनतर्फ ढल्किन सक्ने कुरामा उहाँले आशंका व्यक्त गर्नुभयो । भारतीय विज्ञहरुले पनि वार्ताबाट तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं आएका छन् ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...