News Portal

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो: भारतका बरिष्ठ पत्रकार

हिमाली संचार संवाददाता
५२२ पटक
२०७७ जेठ १० शनिवार

काठमाडौ – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने सबैलाई थाहाँ भैसक्यो । यी भूमिहरुमा भारतले जबरजस्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेर्न छोडेको छ । यो बीचमा नेपाल पनि एक्सनमा आएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको खुलासा गर्नुभएको छ ।

भारतीय चर्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उहाँले यस्तो बताउनु भएको हो । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गर्नुभएको हो । उहाँले यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, कालापानी नेपालको हिस्सा हो ।

सन् १९६२ मा चीनसँग यु–द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो । तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’ कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उहाँले खुलासा गर्नुभएको छ ।

दुवै देशका सरकारले यसको समाधानका लागि वास्ता नगरेको भन्दै वार्तामा बसेर यसको समाधान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ यो मात्रै होईन भारतले आफ्नो रवैया सुधार नगरे नेपाल कतै ढल्किन सक्ने दावा पनि गर्नुभएको छ ।

उहाँका अनुसार अहिले भारत नेपाल चीनतर्फ ढल्किरहेको अनुमान गरिरहेको छ । उहाँले भारतको रवैया यस्तै रहेमा नेपाल सहयोगका लागि चीनतर्फ ढल्किन सक्ने कुरामा उहाँले आशंका व्यक्त गर्नुभयो । भारतीय विज्ञहरुले पनि वार्ताबाट तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं आएका छन् ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...