News Portal

धरानका आयुष राईलाई संगीतमा घरपरिवारको राम्रो सपोर्ट (भिडियो सहित)

हिमाली संचार संवाददाता
१६९३ पटक
२०७७ जेष्ठ ६, मंगलवार

धरान – पुर्वको खोटाङ जिल्ला सांगीतिक राजधानी भन्ने गरिन्छ। आयुष राईको पुर्खेली र तत्कालीन सुङदेल गाउ विकास समिति हो। नेपालको राजनीतिक नयासंरचना अन्तर्गत केपिलासगढी वडा नं.७ सुङदेल नामकरण भएको छ। सुबेदारका नाति, लाहुरेको छोरा आयुष राई धरानमा नै जन्मे, हुर्के र धरान स्थित कार्मेल बोर्डिङ स्कुलमा अध्ययनरत छन्। 

आयुषका परिवारले संगीत राम्रोसंग बुझेका हुनाले पनि होला आयुष आफ्नै घरमा पनि संगीतसंग खेल्ने वातावरण राम्रो अबसर प्राप्त गरीरहेका छन्। आमा राधिका राईको अनुसार उनले संगीतका लागि कुनै पनि औपचारिक कक्षा भने लिएका छैनन्। उनी पढाईका अलवा घरमा नै संगीत अभ्यास गर्दछन्।

फुर्सदको समयमा साथी भाइको आग्रहमा परिवारको अनुमति लिएर स्थानीय “हार्मोनिक ब्याण्डका” साथीभाईसंग स्थानीय सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउदै आएका छन्। 

पुर्वको धरान भन्ने वित्तिकै पश्चिमेली मुलुकसंगको रहन सहन र सामाजिक संस्कार जोडिएको शहर हो। आयुष राई भद्र अनि थोरै वोल्न रुचाउने पढाईको अलवा उनको चाहना भनेकै संगीत नै हो। उनले घरमा विभिन्न गायकहरुको गीतहरु अभ्यास गरिरहेका हुन्छन्। विशेषत उनलाई पपगीत गाउन मन पर्छ। 

आयुषका बाबा गीत संगीत र खेलकूद राम्रो दख्खल राख्नु हुन्छ। आयुषका बाबा, आमाले आफ्नो जन्मथलो, पुर्खेउली गाउ सुङदेलको सेरोफेरो समेटेर संयुक्त रुपमा लेख्नु भएको गीत “हाम्रो सुङदेल गाउ, कत्ति राम्रो ठाऊ…!” गीतमा आयुषले पहिलोपटक औपचारिक रुपमा काठमाण्डौ गएर गीत रेकर्ड गर्ने अबसर पाएका थिए। 

हाम्रो सुङदेल गाउ, कत्ति राम्रो ठाऊ…!” गीतको म्युजिक भिडियो चर्चित हास्यकलाकार “फूलन्देका आमा” उमेश राईको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक समेत गरेका छन्। विशेष बाबा आमाको सपोर्टमा यो गीत गाउन पाएको बातउ छन् आयुष ।

गीतको शब्दले छोएको सुदेलको सेरोफेरो आयुषका मामाली गाउ हासुमा छायांकन गरिएको म्युजिक भिडियोमा हजुरबा सुबेदार मन बहादुर राई, हजुरआमा जानुका राई, चर्चित हास्यकलाकार फूलन्देका आमा, समाजसेवी तथा गायक जितेन बान्तावा र चर्चित मोडल सिता राईको विशेष भुमिका रहेका कलाकारको समुहका अलवा सुङदेलका स्थानीय गाउलेहरुको उपस्थितिमा राम्रो संग छायाङकन गरिएको छ।   

संगीतकार तथा गायक अनिल कोयी राईले यस म्युजिक भिडियोको नृत्यनिर्देशक गरेका हुन। नृत्यनिर्देशक अनिल कोयी नेपालका विभिन्न कला क्षेत्रका अनुभवि कलाकारहरुको नजिक समिप्यले गर्दा गायक, संगीतकार हुदै पछिल्लो समय नृत्यनिर्देशक समेत गर्दै आएका अनिल कोयी राईको संगीतमा आवाज भरेका आयुष राई परिवारका हौसला भित्र पछिल्लो समय आफ्ना प्यान फलोअर्सका हौसला बटुल्दै आइरहेका छन्।

इशान राज ओन्ता मुस्कान, सुदर्शन थापाको शब्दमा रहेको सुगम पोखरेले व अन्जु पन्तको आवाजमा रहेको “भन्छु आज मनका कुरा…!” जस्ता गीतहरुको राम्रो कभर गीत गाउदै आएका आयुष राईले फुलन्देको आमाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका गीत “हाम्रो सुङदेल गाउ, कत्ति राम्रो ठाउ…” करिव २ लाख १५ हजारले हेरी सकेका छन् भने ४.५ लाइक भएको छ। आयुषका गीत फुलन्देको आमा युटुब च्यानलमा गएर हेर्न सकिन्छ। 

https://youtu.be/bTNc_xKxeu4

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...