News Portal

कविता “पाठशाला”

रोशन पुन
१२४८ पटक
२०७७ जेठ ४, आइतबार

जो,
काँधभरि बाबुको विश्वास
र निदारभरि आमाको आशीर्वाद लिएर गएका थिए
छातीमा लतपतिएको वधू-प्रेम
र पाखुरासँगै सन्तानको सिरानी बोकेर गएका थिए

फर्कदा,
उतै छोडेर यौवन
सकेर जम्मै जोश
आखाँभरि
व्याकुल तस्बिर लिएर फर्केकाछन्
– विमानले खुसी पोल्ने चिहानमा लगिदिएछ
जहाँ आफैलाई तर्साइरहने
आफ्नै सुनौला सपनाहरु मसान भैदिएछन्

यही सत्य देखेर
म देश पढ्न सुरु गरेको हुँ
– झरनाहरु
जहाँ, पानीका थोपाबाट इन्द्रघनुष झिक्न सिकाउँछ रवि
– खेतहरु
जहाँ, पसिना रोपेर हिरा फलाउन सिकाउँछ किसान

सोध्नु,
बदलिरहने ऋतुहरुलाई
डुलिरहने बादलहरुलाई सोध्नु
वर्षौ यही उभिएर
सिकेको हु जिन्दगीमा रङ भर्न
अँजुलीमा पसिना खसालेर
जूनलाई निदारमा टास्न
यही सिकेको हुँ

नदीहरु छन् प्रशस्तै
निभाउँछु भोकको आगो
हिमालबाट झिकेर चिसो हिउँ
निको पारिदिन्छु देशको घाउ

चक्रे लिपिमा
लेखिएको छ हरेक शालिग्रामहरुमा
सतीले श्रापेको
होइन मेरो देश
ईश्वरहरुको पाठशाला हो ।

✍️ रोशन पुन, बाग्लुङ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...