News Portal

प्रधानमन्त्रीलाई भट्टराईको आग्रह राजीनामा दिनुस् 

हिमाली संचार संवाददाता
४७४ पटक

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली गम्भीर लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न तथा संरक्षणमा लागेको भन्दै उनले राजीनामाको माग गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै समाजवादीका सांसदसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

‘सत्ताको प्रयोग गरेर कोही पनि महान भइँदैन, नैतिक आचारण ठूलो हुन्छ,’ भट्टराईले प्रधानमन्त्री ओलीलाई सुझाव दिए, ‘तपाईं अनावश्यक गतिविधिमा संलग्न हुँदा, आफैँमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई आराम दिनुस् । लोकतन्त्रलाई बचाएर आफ्नै छविलाई बचाएर अगाडि बढ्नका निम्ती राजीनामा दिनु उपयुक्त हुन्छ ।’

उनले थपे, ‘तपाईंको राजीनामाले समाज र देशको गतीलाई उचित निकास हुन्छ । लोकतन्त्र सुनिश्चित हुन्छ र देशले नयाँ दिशा पक्रन्छ ।’

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...