News Portal

आफ्ना नागरिकलाई स्वदेश आउन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् : नेकपा नेता रावल

हिमाली संचार संवाददाता
५८९ पटक
२०७७ वैशाख २५, बिहीबार

काठमाडौँ – भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन्।

रावलले ४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा सांसद रावलले सुदूरपश्चिमको बनबासालगायतका क्षेत्रमा नेपाली नागरिक रोकिएको र उनीहरू स्वस्थ हुँदा पनि सरकारले आउन नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

‘आफ्नै नागरिकलाई स्वदेश फर्किन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस्। सीमामा बसेकाहरूलाई कोरोना छैन तैपनि सीमामा रहेका नेपालीलाई के कारणले रोकियो ?

यो अत्याचार अन्त्य गरियोस्,’ उनले थपे, ‘उहाँहरूलाई त्यत्तिकै ल्याइयोस् भनिएको होइन। स्वास्थ्य परीक्षण गरेर समबन्धित पालिकामा कति दिन बस्नुपर्ने हो त्यो पूरा गर्नेगरी ल्याइयोस्।

एकातिर सीमामा लामो समय बस्दा उनीहरूलाई थप समस्या हुने र अर्कोतिर उनीहरूको परिवारमा चिन्ता थपिने रावलको भनाइ थियो।

बाली भित्र्याउने र नयाँ बाली छर्ने बेलामा उनीहरूलाई सीमामा अड्काएर राख्दा कृषिमा पनि प्रभाव पर्ने रावलको भनाइ थियो।

‘कतिपय देशले आफ्ना नागरिकलाई विमान पठाएर आफ्नो देश लगिरहेको छ। हामी ४५ दिन सीमामा अलपत्र परेका नेपालीलाई ल्‍याउन नसक्ने ?,’ उनले थपे।

अहिलेको अवस्थामा भारत नेपालबीचको सीमा अन्तर्राष्ट्रिय मान्यताअनुसार नियमन गर्नुपर्ने पनि रावलको भनाइ थियो। साथै, भारतीयलाई नेपाल प्रवेश रोक लगाउनुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...