News Portal

आफ्ना नागरिकलाई स्वदेश आउन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् : नेकपा नेता रावल

हिमाली संचार संवाददाता
६३९ पटक
२०७७ वैशाख २५, बिहीबार

काठमाडौँ – भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन्।

रावलले ४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा सांसद रावलले सुदूरपश्चिमको बनबासालगायतका क्षेत्रमा नेपाली नागरिक रोकिएको र उनीहरू स्वस्थ हुँदा पनि सरकारले आउन नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

‘आफ्नै नागरिकलाई स्वदेश फर्किन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस्। सीमामा बसेकाहरूलाई कोरोना छैन तैपनि सीमामा रहेका नेपालीलाई के कारणले रोकियो ?

यो अत्याचार अन्त्य गरियोस्,’ उनले थपे, ‘उहाँहरूलाई त्यत्तिकै ल्याइयोस् भनिएको होइन। स्वास्थ्य परीक्षण गरेर समबन्धित पालिकामा कति दिन बस्नुपर्ने हो त्यो पूरा गर्नेगरी ल्याइयोस्।

एकातिर सीमामा लामो समय बस्दा उनीहरूलाई थप समस्या हुने र अर्कोतिर उनीहरूको परिवारमा चिन्ता थपिने रावलको भनाइ थियो।

बाली भित्र्याउने र नयाँ बाली छर्ने बेलामा उनीहरूलाई सीमामा अड्काएर राख्दा कृषिमा पनि प्रभाव पर्ने रावलको भनाइ थियो।

‘कतिपय देशले आफ्ना नागरिकलाई विमान पठाएर आफ्नो देश लगिरहेको छ। हामी ४५ दिन सीमामा अलपत्र परेका नेपालीलाई ल्‍याउन नसक्ने ?,’ उनले थपे।

अहिलेको अवस्थामा भारत नेपालबीचको सीमा अन्तर्राष्ट्रिय मान्यताअनुसार नियमन गर्नुपर्ने पनि रावलको भनाइ थियो। साथै, भारतीयलाई नेपाल प्रवेश रोक लगाउनुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...